खेलकुद

आजबाट सुरु हुँदैछ एनभीए क्लब च्याम्पियनसिप

काठमाडौं । पाँचौ संकरणको आरबीबी एनभीए राष्ट्रिय महिला(पुरुष भलिबल क्लब च्याम्पियनसिप आज (शुक्रबार) सूरु हुदैछ । नेपाल भलिबल संघले आयोजना गर्ने प्रतियोगिता अन्तर्गत पुरुषतर्फको पहिलो खेलमा साविक विजेता त्रिभुवन आर्मी क्लब र आरजी ग्रुपबीच प्रतिस्पर्धा हुने तालिका रहेको छ ।

काठमाडौंको त्रिपुरेश्वरस्थित राखेप कभर्ड हलमा पहिलो खेलमा समूह ए को आर्मीले आरजीलाई प्रतिद्वन्द्वीको रुपमा पाएको हो । खेल बिहान साढे ९ बजे सुरु हुनेछ । नेपाल भलिबल संघले बिहिबार सार्वजनिक गरेको खेल तालिका अनुसार पुरुषतर्फको दोस्रो खेलमा समूह मा रहेको एपीएफले बुलबुले रारा क्लबसँग खेल्नेछ । खेल साढे ११ बजे सुरु हुनेछ ।

प्रतियोगितामा पुरुषतर्फ ११ टिमको सहभागिता रहेको छ । सहभागी टोलीलाई ४ समूहमा विभाजन गरिएको छ । चार समूहको शीर्ष २ टोली क्वाटरफाइनलमा स्थान बनाउने छन् । समूह ‘ए’ मा साविक विजेता आर्मीसँगै आरजी ग्रुप र नयाँबजार सामाजिक युवा क्लब रहेका छन् । समूह ‘बी’ मा एपीएफसहित बुलबुले रारा क्लब र जावलाखेल भलिबल प्रशिक्षण केन्द्र रहेका छन् ।

त्यस्तै ‘सी’ समूहमा नेपाल पुलिस क्सँलब, मणिमुकुन्द भलिबल क्लब र पार्वती भलिबल क्लब रहेका छन् । समूह ‘डी’ मा हेल्प नेपाल स्पोर्टस क्लब र बुद्धटोल युवा भलिबल क्लब रहेका छन् । महिलातर्फ पहिलो दिन एक खेल हुनेछ । जसमा न्यू डायमण्ड क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल साढे १ बजे सुरु हुनेछ ।

महिलातर्फ ७ टिमको सहभागिता रहेको छ । सहभागी ७ टोलीलाई २ समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा एपीएफ, त्रिभुवन आर्मी, जावलाखेल भलिबल प्रशिक्षण केन्द्र र भरतपुर महानगर रहेका छन् । यस्तै समूह ‘बी’ मा न्यू डायमण्ड क्लब, नेपाल पुलिस र ढोरपाटन स्पोर्ट्स क्लब रहेका छन् ।

माघ १० गतेसम्म चल्ने प्रतियोगिताको महिला र पुरुष दुवैको विजेताले २ लाख पुरस्कार पाउने छन् । यस्तो दोस्रोले १ लाख र तेस्रोले ५० हजार पाउने छन् । महिला र पुरुषको सर्वोकृष्ट खेलाडीले २५र२५ हजार पाउने छन् । यस्तै उत्कृष्ट स्पाइकर, लिब्रो, सरभर,बल्कर, लिफ्टर र प्रशिक्षकले जनही १०र१० हजार पाउने छन् ।

प्रतियोगिताका लागि हरेक क्लबले ३ विदेशी खेलाडी राख्न पाउने छन् । गत संकरणमा पुरुषतर्फ त्रिभुवन आर्मी क्लब र महिलातर्फ एपीएफ क्लबले उपाधि जितेको थियो । प्रतियोगिताका लागि संघले टिकटको व्यवस्था गरेको छ । संघले लिग चरणको खेलमा १०० रुपैयाँ, सेमिफाइनलमा १ सय ५० र फाइनलमा २०० रुपैयाँको टिकट मूल्य तोकेको छ ।