पु.समाचार

डीआईजी पोखरेलभन्छन्, “अपराध गर्नेलाई जुनसुकै पदको भए पनि कारबाही हुन्छ”

२ माघ, काठमाडौं । गायिका आस्था राउतले विमानस्थलमा प्रहरीले दुर्व्यहार गरेको दाबी गर्दै भिडियो जारी गरेपछि प्रहरी नायब महानिरीक्षक (डीआईजी) विश्वराज पोखरेलले पदीय हिसाबले कसैलाई पनि सुरक्षा अवज्ञाको सौलियत नहुने बताएका छन् । डीआईजी पोखरेलले विमानस्थल जस्तो संवेदनशील स्थानमा पदीय हिसाबले कसैलाई पनि सुरक्षा अवज्ञाको सौलियत नहुने बताएका हुन् ।

राउतले फेसबुकमा स्टाटस लेख्दै उनले भनेकी छन्, ‘रिसको आवेगमा वेद पढिँदैन, मलाई पनि त्यस्तै भयो । मेरो हातमा कफी थियो । यसैले, मैले आफै चेक गर्नुहोस् भने । तर, उसले मलाई ज्याकेट खोल भनेर बोलिन् । त्यही हो बोल्ने पारा । यो पुलिस हाम्रो साथी भन्ने नारा हटाए हुन्छ ।’