अन्तर्राष्ट्रिय

बेल्जियमकी राजकुमारी नेपाल आउँदै, यस्तो छ कार्यतालिका..

काठमाडौँ । पूर्वी युरोपेली देश बेल्जियमकी राजकुमारी एस्ट्रिड एक हप्ते भ्रमणका लागि नेपाल आउने भएकी छन् । आइतबार नेपाल ओर्लने राजकुमारी एस्ट्रिड माघ ५ देखि ११ गतेसम्म नेपालमा हुनेछिन् ।

नेपाल भ्रमणका क्रममा उनले राष्ट्रपति विद्यादेवी भण्डारी, उपप्रधान एवं रक्षामन्त्री इश्वर पोखरेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ ।

उनी कैलाली, नवपरासी र चितवन भ्रमण गर्नेछिन् । कैलालीमा उनी क्षयरोग केन्द्रको उद्घाटन कार्यक्रममा सहभागी हुनेछिन् । उनले नवलपरासीमा रहेको मध्यविन्दु अस्पतालको समेत भ्रमण गर्नेछिन् 

अस्पतालमा रहेका सेवा सुविधाहरुलाई बेल्जियमको गैरसरकारी संस्था डमीयन फाउन्डेसनले सहयोग गर्दै आएको छ। राजकुमारी उक्त संस्थाको मानार्थ अध्यक्ष समेत हुन् ।