पु.समाचार

भारतबाट आएको बुलेटमा भयो ग्यास लिक, पथलैया–वीरगञ्ज सडकखण्ड अवरुद्ध

बारा । भारतको रक्सौलबाट ग्यास भरेर नेपाल आउँदै गरेको बुलेटको ग्यास लिक भएपछी  पथलैया–वीरगञ्ज सडकखण्ड अवरुद्ध भएको छ । 

रक्सौलबाट ग्यास भरेर आउँदै गरेको बुलेट जितपुर सिमरा उपमहानगरपालिका–२ सूर्य नेपाल अगाडि आइपुग्दा ग्यास लिक भएको थाहा भएको बताइएको छ। 

बुलेटबाट ग्यास लिक भएपछि पथलैया र जितपुरमा सबै सवारी साधन रोकेर लिक भएको ग्यास नियन्त्रणको प्रयास भइरहेको प्रहरीको भनाइ छ। 

‘ग्यास लिक भएपछि प्राविधिक बोलाएर ग्यास नियन्त्रणको प्रयास भइरहेको छ’, इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायव उपरीक्षक गोविन्द पुरीले भने, ‘आसपासमा बस्तीसमेत भएकाले सतर्कता अपनाइएको छ।’