प्रवास

यूएईमा १८ नेपालीसहित २४ जना सवार बस दुर्घटना, ६ जनाको मृत्यु

एजेन्सी । संयुक्त अरब इमिरेट्स् (यूएई)को अवुधाबीमा आज(बिहिबार) बिहान भएको सवारी दुर्घटनामा परेर घाइते भएका २४ जनामध्ये १८ जना नेपाली भएको यूएईस्थित नेपाली दूतावासले जनाएको छ ।

अल राहा बीचमा भएको उक्त दुर्घटनामा परेर छ जनाको मृत्यु भएको गल्फ न्युजले बताएको छ । मृत्यु हुनेहरू कुन देशका नागरिक हुन् भन्ने खुलेको छैन ।

दुर्घटनामा परेको मिनीबसमा श्रमिक चढेका थिए । दुर्घटनापछि यूएईका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकालसहित दूतावासको टिम घाइतेलाई भर्ना गरिएको मरफाक अस्पताल पुगेको थियो । 

घटनाबारे थप जानकारी आउन बाँकी छ ।