राजनीति

प्रधानमन्त्री आफ्नो कार्यकर्ता मार्न तरबार र गोली बोकेर हिँड्नुहुन्छ ? तपाईं पत्याउनुहुन्छ?- प्रवक्ता बाँस्कोटा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले भीम रावललाई बालुवाटारबाट धम्की आएको कुरामा कुनै सत्यता नभएको बताएका छन् ।

आज(बिहिबार) मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा उनले भने,“प्रधानमन्त्रीज्यूले कसैको ज्यानै लिने धम्की दिनुहोला ! तपाईंलाई पत्यार लाग्छ ?” उनले यसमा सत्यता नरहेको बरु भीम रावलले कुन नम्बरबाट कहाँबाट धम्की आयो भनेर आफैं प्रष्ट पार्नुपर्ने बताए । 

प्रधानन्त्री पनि नेकपाकै र भीम रावल नेकपाकै नेता भएको बताउँदै उनलाई सरकारले पछुवा गाडीसहित सुरक्षाकर्मी उपलब्ध गराइरहेको स्मरण गराए । “प्रधानमन्त्रीले आफ्नो कार्यकर्ता मार्न तरबार बोकेर र गोली भिरेर हिँड्नुहुन्छ भन्ने कुरामा कुनै सत्यता छैन,” उनले भने ।