पु.समाचार

गायिका राउतले मागिन् माफी, प्रहरीलाई गालीगलौजको गरेको भिडियो पनि गरिन् डिलिट..

काठमाडौं । गायिका आस्था राउतले  माफी मागेकी छिन् । उनले प्रहरीको संगठन जरैदेखि कुहिएको भन्दै गालीगलौज गर्दै भिडियो सेयर गरेकी थिइन् ।

भिडियोसँगै चर्चामा आएकी गायिका राउतले अहिले माफी माग्दै उक्त भिडियो पनि डिलिट गरेकी छन् । उनले फेसबुकमा भनेकी छन्, ‘आवेगमा आएको बेला त्यस्तो भयो । त्यसका लागि म आफी चाहन्छु ।’

सिक्किम जाँदै गर्दा बुधबार विमानस्थलमा आफूमाथि अपमान गरिएको भन्दै प्रहरीलाई व्यवहार सुधार्न सुझाव दिएकी थिइन् ।

उनको भिडियो भाइरल भएसँगै प्रहरीले पक्राउ गरेर कारबाही गर्ने बताएको थियो । कारबाही पर्ने डरले गायिका राउतले माफी माग्दै भिडियो पनि सामाजिक सञ्जालबाट हटाएकी हुन् ।