विचित्र संसार

विवाह गराउने ‘इमाम’को श्रीमती निस्किन् पुरुष !

एजेन्सी । अफ्रिकी देश युगान्डामा एक इमाम(धर्म प्रचारक/नेतृत्वकर्ता/पुरोहित) तब झट्का लाग्यो, जब उनले थाहा पाए की उनको श्रीमती महिला नभएर पुरुष हुन् । मोहम्मद मुतुबा र उनकी दुलहीको केहि हप्ता पहिले विवाह गरेका थिए ! यदद्पी विवाहपश्चात उनीहरूबीच शारीरिक सम्बन्ध भने रहेको थिएन ।

युगान्डाको न्युज आउटलेट डेली मोनीटरको रिपोर्टअनुसार दुवैको विवाह भएको दुई हप्ता मात्रै भएको थियो । उनीहरूको दुई हप्ताकोबीच शारीरक सम्बन्ध स्थापना हुन् नसकेपछि इमामले शंका गरेपश्चात उनलाई आफ्नो दुलही पुरुष रहेको पता चलेको हो ।

यदद्पी दुई हप्तापश्चात छिमेकीले यस घटनाको खुलासा गर्दै उनकी श्रीमती एक महिला नरहेको बताएका हुन् । इमामको छिमेकीले उनको ‘पत्नी’माथि आरोप लगाउँदै बताए, “उनी उन(छिमेकी)को घरमा छिरेर समान चोर्दै थिए, चोरी गरिएको सामानमा टिभी र कपडा सामेल थियो ।”

इमामको छिमेकीले यस मामलामा एफआईआर पनि दर्ता गराए ! तत्पश्चात इमाम दम्पति प्रहरी चौकीमा उपस्थित भए । इमामको पत्नीको जाँचबुझ गर्ने क्रममा महिला प्रहरीले उनी महिला नभएको पत्तो पाइन् । जब प्रहरीले इमामलाई यस कुरा बताए तब इमामको होसहवास ठाउँमा रहेन ।

आरोपी(इमामको पत्नी)ले प्रहरीको जाँचबुझको क्रममा  पैसाको लागि विवाह गरेको स्वीकारेका छन् । इमामले पछि बताए कि उनीहरूको भेट क्याम्पिसी मस्जिदमा भएको थियो । इमामले भने, ” म विवाहको लागि एक सुन्दर युवतीको खोजी गरिरहेको थिए । जब म हिजाब लगाएकी एक सुन्दर महिलासँग मिले तब मैले उनलाई विवाहको लागि प्रपोज गरें । उनले पनि तत्कालै मसँग  विवाह गर्नको लागि स्वीकृति जनाइन् ।” इमामले अगाडी भने, ” जबसम्म हाम्रो विवाह हुँदैन तबसम्म शारीरिक सम्बन्ध स्थापना हुने छैन ।”

याद रहोस्, इमाम मुस्लिम समुदायमा विवाह गराउने(कर्मकाण्ड) व्यक्ति समेत हुन् ।