राजनीति

ओली विरुद्ध एकजुट भई उत्रिएकोमा संपादकहरुको गरे पौडेलले प्रशंसा

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता प्रदिप पौडेलले प्रधानमन्त्री ओलीले दिएको अभिव्यक्ति प्रति सञ्चारमाध्यममका संपादकहरुले गरेको प्रतिवाद सही भएको टिप्पणी गरेका छन् ।

सामाजिक सञ्जाल ट्वीटरमार्फत नेता पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले सम्पादकहरुको मुटु छैन भन्ने अभिव्यक्ति दिएपछि संपादकहरु एक भएकोमा प्रसंसा गरे ।

सरकारले आफना बारेमा राम्रा कामको मात्रै प्रचार गरोस भन्ने चाहना राखेकोमा आक्रोस व्यक्त गर्दै प्रेस सरकारको कुनै भरिया नभएको बताएका छन् ।

सरकारका राम्रा नराम्रा कामको आलोचना गर्न सञ्चारमाध्यमले पाउनु पर्ने भन्दै प्रेसको आलेचनात्मक चेत नै लोकतन्त्रको सौन्दर्य भएको बताए । साथै उनले सरकारका कामको निस्पक्ष आलोचना गर्ने संपादकका नमन समेत गरेका छन् ।

 

उनको ट्वीटरः प्रेस सरकारको भरिया होइन । प्रधानमन्त्रीले अलोकप्रियताको ग्राफ चढिरहेको सरकारको प्रशंसाका लागि धम्कीको भाषामा गरेको कुटिल याचनालाई सम्पादकहरुले ठाडै प्रतिवाद गरिरहनुभएको छ। प्रेसको आलोचनात्मक चेत लोकतन्त्रको शौन्दर्य हो । सम्पादक ज्यूहरूको कलम र मुटु दुवैलाई नमन ।