अन्तर्राष्ट्रिय

विश्वका शक्ति सम्पन्न अमेरिका र चीनबीच युद्ध कम गर्न एक्कासी जुट्यो यस्तो सहमती !

काठमाडौं । अमेरीका र चीन दुई विश्वका शक्ति सम्पन्न देश शान्ति स्थापना गर्ने गर्ने मामीलामा मिलेर जान तयार भएका छन् । दुई देशको लामो समयदेखी चलेको व्यापार युद्धले विश्वभरकै अर्थतन्त्रमा असर परेपछी दुई देशले यस्तो कदम चालेका हुन् ।

वाशिंगटनमा प्रतिष्ठित व्यापारीहरुको सहभागीतामा दुई देशका अधिकारीहरुबीच व्यापार युद्ध कम गर्ने सम्झौता भएको हो । दुई देशबीच व्यापार युद्ध कम गर्ने सम्झौतामा हस्ताक्षर भएको हो ।

सम्झौतामा हस्ताक्षर गरिसकेपछी अमेरीकि राष्ट्रपती डोनाल्ड ट्रम्पले चीनसंग अझै बलियो सम्बन्ध सुरु हुने बताएका छन् । उनले भने, ‘हामी दुवै मिलेर विगतका गल्ती सच्याउँदै छौं ।

हामी मिलेर आर्थिक न्याय र सुरक्षित भविष्य तयार गर्दै छौं । सम्झौता आफ्नो ठाउँमा छ, त्योभन्दा ज्यादा यो विश्वमा शान्ति ल्याउने कोसिस हो ।’यस्तै चीनका नेताहरुले यस सम्झौतालाई हरेक प्रकारले फाइदाको सम्झौता भन्दै यो सम्झौताबाट दुवै देशबीच सम्बन्ध सुधार हुने बताए ।

सम्झौताअनुसार चीनले आफ्नो अमेरिकी आयातलाई २ सय मिलियन डलरसम्म बढाउने प्रतिबद्धता जनाएको छ । यस्तै अमेरिकाले केही चिनियाँ उत्पादनमा लगाइएको अतिरिक्त शुल्क ५० प्रतिशतसम्म घटाउन तयार भएको छ ।

अमेरिकाले चीनलाई बौद्धिक चोरीको आरोप लगाएपछि अमेरिकाले कतिपय चिनियाँ उत्पादनमा आयात निषेध गरेको थियो । आयात हुने चिनियाँ वस्तुमा पनि भारी मात्रामा अतिरिक्त शुल्क लगाएको थियो । त्यसको बदलामा चीनले पनि अमेरिकी उत्पादनमा सोही प्रकारको निर्णय गरेको थियो ।

सन् २०१८ देखि अमेरिका र चीन ‘जस्तालाई त्यस्तै’ रणनीतिमार्फत् व्यापार युद्धमा लागेपछि विश्वभर नै लगानीमा असर परेको थियो ।