राजनीति

नेता रावल भावुकःः राजनीतिमा विदेशीलाई खुशी पार्ने स्वार्थी मानसिकताले जनताले धोका पाईरहे

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपाका) नेता भिम रावलले स्वार्थी मानसिकताले गर्दा नेपालले पटक–पटक धोका खाएको बताएका छन् ।

सामाजिक सञ्जाल ट्वीटमार्फत नेता रावलले सरकारले मुलुकको हित र स्वाधीनता सुदृढ कसरी हुन्छ भन्ने उद्देश्यले तथ्य– तर्क खोज्ने भन्दा पनि विदेशी शक्तिलाई खुशी पार्ने स्वार्थी प्रवृत्तिका कारण कोशी, गण्डकी, महाकाली र कर्णालीमा धोका पाएको भन्दै सरकारलाई सचेत गराए ।

उनले सरकारको आफनो मुलुकलाको हित र स्वाधिनता सुदृढ भन्दापनी विदेशी शक्तिलाई खुशी पार्ने प्रवृत्तिले नेपालले बाह्य मुलुकबाट धोका खाने खाने र बिदेशी मुलुकले नेपालमाथि कब्जा जमाएको बताएका छन् ।

 

उनको ट्वीटः आफ्नो देशको हित र स्वाधीनता सुदृढ कसरी हुन्छ भन्ने उद्देश्यले तथ्य–तर्क खोज्ने भन्दा विदेशी शक्तिलाई खुशी पार्ने र तिनको साखुल्ले बन्ने होड र स्वार्थी मानसिकताले कोशी, गण्डकी, महाकाली, कर्णालीमा नेपालले धोका पाएको हो र १९५० को सन्धी र गोर्खा भर्ती ब्यहोर्नु परेको हो । चेतना भया ।