खेलकुद

लिग वान फुटबलमा पेरिसको शानदार जित

एजेन्सी । लिग वान फुटबलमा मोनाकोमाथि पेरिस सेन्ट जर्मेन ९पीएसजी०ले शानदार जित निकालेको छ । बुधबार राति भएको खेलमा पीएसजीले मोनाकोलाई ४–१ गोल अन्तरले हराएको हो ।

घरेलु टोली भारले निराश भएको खेलमा पीएसजीका लागि केलियन एम्बाप्पले दुई, नेयमार र पाब्लो सर्बियाले एक–एक गोल गरे । मोनाकोका तैमौके बकायोकोले एक गोल फर्काए । खेलमा अग्रता पीएसजले एम्बाप्पेको गोलबाट २४ औ मिनेटमा लिएको थियो ।

पहिलो हाफको ईन्जुरी समयमा नेयमारले पेनाल्टीमा गोल गर्दै पीएसजीको अग्रता दोब्बर बनाएका थिए । सर्बियाले ७२ औ मिनेटमा पीएसजीलाई ३–० ले अघि बढाए । खेल सकिन ३ मिनेट अगाडी घरेलु टोली मोनाकोका बकायोकाले एक गोल फर्काएका थिए ।

अन्तिम ईन्जुरी समयमा एम्बाप्पेले व्यक्तिगत दोस्रो गोल गर्दै पीएसजीलाई शानदार जित दिलाए । जितसंगै पीएसजीले २० खेलबाट ४९ अंक जोडेको छ । उसले लिगमा स्पष्ट ८ अंकको अग्रता लिन सफल भएको छ । मोनाको २९ अंक सहित तालिकाको नवौं स्थानमा छ ।