समाचार

आफूमाथि दुव्र्यवहार भएको भन्दै सिडिई चौधरीद्वारा न्यायका लागि आग्रह

काठमाडौँ । सडक डिभिजन कार्यालय दाङका प्रमुख (सिडिई) जीतेन्द्रकुमार चौधरीले कार्यालय समयमा आफूमाथि दुव्र्यवहार भएको भन्दै न्यायका लागि आग्रह गरेका छन् । आज बेलुका राष्ट्रिय समाचार समिति (रासस) को केन्द्रीय कार्यालय भद्रकाली आइपुगेका चौधरीले गत पुस २७ गते कार्यालयको काम गरिरहेको अवस्थामा सेवाग्राहीको रूपमा आठजना अपरिचित व्यक्ति कार्यकक्षमा आइ ढोका बन्द गरी अमानवीय एवं अभद्र व्यवहार गरेको भन्दै घटनामा संलग्नलाई कारवाहीको माग गरे ।

उनले भने, “ममाथि कार्यालय समयमा काम गरिरहेको बेलामा जुन किसिमको दुव्र्यवहार भएको छ, सो कार्यमा संलग्न सबैको पहिचान गरी कारवाही अगाडि बढाउन स्थानीय प्रशासनसँग जोडदार माग गर्दछु ।”