पु.समाचार

बालुवाटार जग्गा काण्डका मुख्य व्यक्ती शोभाकान्तको घरमा विप्लव माओबादीद्वारा बम बिष्फोट

काठमाडौं । शोभाकान्त ढकालको घरमा बम बिष्पोट भएको छ । सेनाको मेडिकल कलेज भएको स्थान नजिकै रहेको ढकालको घरमा बम बिष्पोट भएको हो ।

शोभाकान्त ढकाल नेकपा महासचिव बिष्णु पौडेललाई वालुवाटारको जज्गा मिलाउने व्यक्ती हुन् । प्रहरीले सरकारद्वारा प्रतिबन्धीत नेकपा विप्लदव समूहले बम बिष्फोट गरेको हुनसक्ने अनुमान लगाएको छ । भर्खरै भएको बम बिष्फोटको स्थान काठमाडौंको चन्द्रागिरी पर्दछ । बम बिष्पोटबाट ढकालको घरमा सामान्य क्षती भएको बताईएको छ । घटनास्थलमा प्रहरी पुगेको काठमाडौं प्रहरी प्रवक्ता हबिन्द्र बोगटीले जानकारी दिएका छन् ।