खेलकुद

तेस्रो बन्दीपुर दौड प्रतियोगितामा यादव भए प्रथम

तनहुँ । नेपाल भ्रमण वर्ष २०२० को अवसरमा बन्दीपुर गाउँपालिकाद्वारा आयोजित तेस्रो बन्दीपुर दौड प्रतियोगितामा खुलातर्फको मिनी म्याराथनमा सप्तरीका १९ वर्षीय अजितकुमार यादव प्रथम भएको छ ।

बन्दीपुर गाउँपालिकाको वडा नं १ डुम्रे बजारदेखि वडा नं ४ टुँडिखेलसम्मको आठ किलोमिटर दूरी यादवले ३८ मिनेट ५३ सेकेण्डमा पार गरेको थियो । त्यसैगरी ओखलढुङ्गाका अनिल कार्कीले ३९ मिनेट १६ सेकेण्डमा सो दूरी पार गरी द्वितीय भएका छन् । प्रथम हुनेलाई रु ३० हजार र द्वितीयलाई रु १५ हजार नगद पुरस्कार गण्डकी प्रदेशका उद्योग पर्यटनमन्त्री विकास लम्सालले प्रदान गरे । त्यसैगरी आन्तरिक दौड प्रतियोगितामा बन्दीपुरका चन्द्रकुमार सुनार प्रथम र बन्दीपुरकै रविन गुरुङ द्वितीय भए । उनीहरुलाई क्रमशः रु १५ हजार र रु सात हजार पुरस्कार प्रदान गरियो ।