समाचार

वरिष्ठ पत्रकार रिसाल सम्मानित

काठमाडौँ । पृथ्वी जयन्ती एवम् एकता दिवसको अवसरमा वरिष्ठ पत्रकार भैरव रिसाललाई सम्मान गरिएको छ । राष्ट्रिय एकताको प्रवद्र्धनमा महत्वपूर्ण योगदान गरेको भन्दै योगी नरहरिनाथ ट्रष्ट आध्यात्मिक परिषद्ले सामूहिक रूपमा आज यहाँ उनको अभिनन्दन गरेको हो । ट्रष्टका अध्यक्ष शङ्कर पौडेलले ९२ वर्षीय रिसालले सात दशकदेखि सञ्चार क्षेत्रका माध्यमबाट राष्ट्रियताको प्रवद्र्धनमा पु¥याएको योगदान महत्वपूर्ण रहेको बताए । यसैका लागि उनलाई सम्मान गरिएको हो ।

अभाव र असहज परिस्थितिसँग सङ्घर्ष गर्दै सञ्चार क्षेत्रको श्रीवृद्धिमा उनको भूमिका अविस्मरणीय रहेको छ । अभिनन्दनसँगै वरिष्ठ पत्रकार रिसालको सु–स्वास्थ तथा दीर्घायु एवं सक्रिय जीवनको लागि शुभकामना पनि व्यक्त गरिएको थियो ।

सम्मानित पत्रकार रिसालले पृथ्वीनारायण शाहले नेपाल एकीकरण गरेकै कारण हामीले नेपाल र नेपाली, नेपाल सरकार, नेपाल राष्ट्र, नेपाल राज्य पाएको विचार राखे । राष्ट्रियताका लागि सानातिना विषयलाई थाँती राखेर एकजुट हुनुपर्ने उनको भनाइ थियो ।