पु.समाचार

भारतमा कोहलपुरका वडाध्यक्ष मृत फेला, भारतीय प्रहरीले भन्याे, ‘आत्महत्या’

बाँके । प्रदेश-५ अन्तर्गत बाँके जिल्लाका एक वडाध्यक्ष भारतमा मृत अवस्थामा फेला परेका छन् । बाँकेको कोहलपुर नगरपालिका– १२ का वडा अध्यक्ष कृष्णबहादुर खड्का भारतको बहराइचस्थित एक होटलमा मृत अवस्थामा फेला परेका हुन् ।

उनको परिवारका अनुसार घरपरिवारलाई सुर्खेतको मेहलकुना जान भनी गत मंगलबार बिहान घरबाट निस्केका थिए । घरबाट निस्किएको दिनदेखि उनी सम्पर्कविहीन रहेको पारिवारिक स्रोतले बताएको छ ।

उनी मृत अवस्थामा फेला परेको खबर पाएपछि जिल्लाका विद्यार्थी नेता तथा प्रदेश कमिटीका सदस्य नरेन्द्र न्यौपानेको नेतृत्वमा एक टोली भारत जाने तयारीमा रहेको नेकपा बाँकेका अध्यक्ष आईपी खरेलले बताए ।

उता भारतीय प्रहरीले भने खड्काले आत्महत्या गरेको प्रारम्भिक जानकारी नेपाली सुरक्षा अधिकारीलाई दिएको बताइएको छ ।