आर्थिक

साइकल जोगाउन खोज्दा बस नै पल्टियो, १० जना घाइते

चितवन । पूर्व–पश्चिम राजमार्गअन्तर्गत खैरहनी नगरपालिका–१ ज्यामीरेमा आज दिउँसो साइकललाई जोगाउन खोज्दा यात्रुवाहक बस पल्टिएको छ । लोथरबाट नारायणगढतर्फ आउँदै गरेको बा४ख १३७० नम्बरको बसले साइकलयात्रीलाई जोगाउन खोज्दा आँफै अनियन्त्रित भई सडकबाट २० मिटर तल नालीमा पल्टिएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार दुर्घटनामा परी १० जना घाइते भएका छन् । उनीहरुमध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । साइकलमा सवार दुई जना र बसमा सवार आठ जना घाइते भएका हुन् । घाइते सबैको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।