समाचार

निगम तोकियो भ्रमण वर्षको आधिकारिक वायुसेवा

काठमाडौँ । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) नेपाल भ्रमण वर्ष २०२० को आधिकारिक वायुसेवा तोकिएको छ । निगम र नेपाल भ्रमण सचिवालयबीच भ्रमण वर्ष प्रवद्र्धनका लागि विभिन्न कार्यक्रम गर्ने सम्झौता भएको हो । नेपाल भ्रमण वर्षलाई सहयोग पुग्ने विभिन्न कार्यक्रममा साझेदारी गर्ने सम्बन्धमा सम्झौता भएको निगमले आज विज्ञप्तिमार्फत जनाएको छ । निगमका तर्फबाट संस्थागत विभागका निर्देशक अर्चना खड्का र सचिवलायका सदस्य सचिव बच्चुनारायण श्रेष्ठले उक्त सम्झौतामा हस्ताक्षर गरेको थियो ।

सम्झौता अनुसार नेपाल वायुसेवा निगमलाई नेपाल भ्रमण वर्ष २०२० को आधिकारिक वायुसेवा तोकिएको छ । भ्रमण वर्ष सफल पार्न दुवै संस्थाको वेभसाइटलाई ‘होम पेज’को रुपमा प्रयोग गर्नेछन् । नेपाल भ्रमण वर्षका अवसरमा सचिवालयका तर्फबाट प्रकाशित हुने ब्रोसर र म्यागजिनमा निगमको लोगो समावेश गरिनेछ । सचिवालयका तर्फबाट आयोजना गरिने समारोहमा पर्यटन प्रवद्र्धनलाई मद्दत पु¥याउने निगमद्वारा तयार पारिएको भिडियो प्रदर्शन गरिने जनाइएको छ ।

यसका अतिरिक्त निगमको अन्तरराष्ट्रिय उडान भएका मुलुकमा सचिवालयले आयोजना गर्ने समारोहमा निगमलाई सहभागी गराइनेछ । भ्रमण वर्ष सचिवालयले यसअघि टर्किस एयरलाइन्सलाई आधिकारिक वायुसेवा घोषणा गरेको थियो ।