पु.समाचार

माघे संक्रान्ति मेलाको सुरक्षा दिन आएका प्रहरीको जवानको दुर्घटनामा मृत्यु, ३१ जना घाइते

चितवन । प्रहरी सवार भ्यान  तनहुँको देवघाट गाउँपालिका ५ कालिमाटीमा दुर्घटना हुँदा प्रहरी  जवानको मृत्यु भएको छ भने थप ३१ जना घाइते भएका छन् ।

उक्त दुर्घटनामा प्रहरी जवान सन्दीप केसीको मृत्यु भएको बताइएको छ । दुर्घटनामा घाइतेमध्ये ५ जनाको अवस्था गम्भीर छ ।

देवघाटको माघे संक्रान्ति मेलाको सुरक्षाका पोखराबाट आएको बा १ ग २११८ नम्वरको गाडी फर्कने क्रममा दासढुङ्गा पुलपारी घुम्तीमा दुर्घटना भएको इलाका प्रहरी कार्यालय जुगेडीले जानकारी दिएको छ । गाडीमा ३४ प्रहरी सवार थिए ।

घाइतेमध्ये २६ जनाको पुरानो मेडिकल कलेज र ५ जनाका नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ ।