आर्थिक

मञ्जुश्री फाइनान्सको बाह्रौ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं । यस मञ्जुश्री फाइनान्स लिमिटेडको बाह्रौ वार्षिक साधारण सभामिति २०७६ पौष २९ गते थापागाँउ व्याङकेट, नयाँबानेश्वरमा सम्पन्न भयो ।

साधारण सभाद्वारा आ.व. २०७५/०७६ को लागि प्रस्तावित ९.८० प्रतिशत नगद लाभांश(वोनश शेयर तथा नगद लाभांशको कर समेत) र १.७५ प्रतिशत बरावरको वोनस शेयर वितरण गर्ने निर्णय पारित भयोे ।

यस संस्थाको यस अघि सम्मको चुक्ता पूँजी रु. ८०,४०,६०,२१०।– रहेको छ । यस फाइनान्सको पौष मसान्त सम्म रु. ७अर्ब ७० करोड निक्षेप संकलन तथा रु. ६ अर्ब ७७ करोड कर्जा लगानी रहेको छ ।

यस संस्थाको संचालक समितिमा सर्वसाधारण शेयर धनिहरुको तर्फबाट प्रतिनिधित्व गर्न इन्दिरा पण्डित घिमिरे र चिन्तामणी गौतमलाई आगामि ४ वर्षको लागि सञ्चालक पदमा निर्विरोध निर्वाचित गरेको छ ।

मञ्जु  फाइनान्स लिमिटेड केन्द्रिय कार्यालय, नयाँबानेश्वर काठमाण्डौंमा रहि न्युरोड काठमाण्डौ, नारायणगढ, बुटवल, धनगढी, इटहरी, विराटनगर, नेपालगञ्ज , धरान, पोखरा तथा विरगञ्ज शाखाबाट कारोबार गरिरहेको राष्ट्रिय स्तरको वित्तिय संस्था हो ।