आर्थिक

जनकपुरमा टाटाको कार मेला शुरु

काठमाडौं । टाटा मोटर्सको नेपाल स्थित एक मात्र आधिकारिक वितरक सिप्रदी टे«डिङ्गकोे वर्षेनी देशका विभिन्न स्थानमा गर्दै आएको कार मेला यस बर्ष यही माघ२ र ३ गते जनकपुरमा सिप्रदी टे«डिङ्ग र सिप्रदी टे«डिङ्गका बिक्रेता गिरिजा अटोमोबाइल्स्को सहकार्यमा आयोजना भएको छ ।

यस एर्षको कार मेला आज बिहान ११ बेज देखि साँझ ७ बजे सम्म होटल राजदरबार जनकपुरमा आयोजना भएको आयोजकले जनाएको छ । यस मेलामा ग्राहकहरुले एकै स्थानबाट विभिन्न टाटा कागाडी किन—बेचको सुविधा प्राप्त गर्न सक्ने छन् । मेलामा टाटा मोटर्स्का विभिन्न मोडलका गाडीहरु एकै स्थानबाट खरिद गर्नुका साथै ग्राहकहरुले आफ्नो कुनै पनि पुरानो गाडी नयाँ गाडीसँग साट्न सक्नेछन् । यस मेलामा पुरानो गाडीको उत्कृष्ट मूल्याकंन र सेवातथा सुविधाहरु ग्राहकहरुले पाउने आयोजकले जनाएको छ । जनकपुरमा आयोजना गरेको मेला २ दिन सम्म चल्नेछ ।

मेलाका प्रमुख आकर्षणहरु :
१. निःशुल्क प्रवेश ।
२.अन दि स्पोर्ट फाइनान्सिङ्ग
३. पुरानो गाडीको उत्कृष्ट मूल्याकंन 
४. प्रत्येक टेस्ट ड्राइभमा उपहार र मुल्याकंन ।
५. फोटो सुटका साथै खानाका स्टल ।
६. संगीत, नृत्य, गेम, मेहेन्दी/नेलआर्टका साथै जलपान।