आर्थिक

देवः विकास बैंक लिमिटेडबीच आरटिजिएस सम्झौता

काठमाडौं । नेपाल राष्ट्र बैंक र मुक्तिनाथविकास बैंक लितथा देवःविकास बैंक लिमिटेडबीच आरटिजिएस प्रणाली सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

उक्त सम्झौता पत्रमा नेपाल राष्ट्र बैंककोतर्फबाट कार्यकारी निर्देशक बम बहादुर मिश्र, मुक्तिनाथ विकास बैंक लि.का तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेल र देवःविकास बैंक लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विजयबहादुर श्रेष्ठले हस्ताक्षर गरे । यस सम्झौता पश्चातभुक्तानी प्रणालीमा सहजता आउने बैंकले जनाएको छ ।

मुक्तिनाथ विकास बैंकले हाल ४२ जिल्लामा १३४ वटा शाखाहरु मार्फत ग्राहकका आवश्यकता बमोजिमका सबै प्रकारका बचत निक्षेप तथा कर्जा सेवाहरु प्रदान गर्दै आई रहेको छ । साथै, प्रविधिमा आधारित रही मोबार्ईल बैंकिङ्ग, क्यूआर पेमेन्ट, एटिएम, अनलाईन बैंकिङ्ग लगायतका सेवाहरु पनि प्रदान गर्दै आई रहेको बैंकका प्रमुख सूचना अधिकारी तिलबहादुर गुरुङ्गले बताए ।