राजनीति

अध्यक्ष थापाले देवघाट पुगेर ‘माघी’ नुहाए

kamal thapa at devghat

चितवन । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा देवघाट पुगेर माघी नुहाएका छन् । माघे संक्रान्तिमा देवघाटमा विशेष मेला लाग्ने गरेकोमा यस वर्ष अध्यक्ष्य थापा माघेसंक्रान्ति मनाउन  देवघाट पुगेका हुन् ।

Image

उनले सामाजिक सञ्जालमा केहि फोटो सेयर गर्दै उक्त जानकारी दिएका हुन् । उनको साथमा श्रीमती प्रलिता थापा पनि रहेकी छिन् ।

उनले लेखेका छन्,  “माघे संक्रान्तिको पावन अवसरमा आज पवित्र देव/तीर्थस्थल देवघाटमा स्नान तथा गलेश्वर आश्रम, हरिहर आश्रम र महेश आश्रम/गुरुकुल अवलोकन गर्न पाउँदा ईश्वरीय आनन्दको अनुभूति भयो । साथै, देवघाटमा स्वामी ज्ञानानन्द, रमणानन्द श्रद्धेय कालीबाबासँग साक्षात्कार गर्ने सौभाग्य पाउँदा निकै खुसी लागेको छ ।”

Image

Image