अन्तर्राष्ट्रिय

ज्वालामुखीले उजाडियो फिलिपिन्स, हजारौं जनावर खरानीमा गाडिए..

एजेन्सी । फिलिपिन्सको विनाशकारी टाल ज्वालामुखी विस्फोटका कारण भत्किएका घर र काटिएका रुखहरूको उजाड दृश्यहरू सार्वजनिक भएका छन् । सार्वजनिक गरिएको फोटोमा खरानीको बाक्लो पत्रले टापुबाट उम्कन नसकेका घोडा र गाइहरूको आधा गाडिएको शरिरको दर्दनाक अवस्थालाई चित्रण गर्दछ ।

सरकारले दिएका चेतावनीहरूलाई बेवास्ता गर्दै ज्वालामुखी विस्फोट भएको क्षेत्रतर्फ पाइला बढाउने वासिन्दाहरूले केहि जनवारको हेरचाह र  बचाउन सफल भएको समेत  बताइएको छ ।

Animals are seen aboard a boat after being rescued from near Taal Volcano's crater by residents on January 14, 2020 in Balete.

फोटोमा देख्न सकिन्छ, सुंगुर, घोडा, गाई, र चराहरूका कपाल, भुवा र प्वाँख गाढा खरानीले छोपेको छ ।

लुजोन टापुको राजधानी मनिलादेखि करिब ३७ माईल (६० किलोमिटर) दक्षिणमा रहेको क्षेत्रमा आइतवारदेखि ज्वालामुखी  फुट्न थाल्यो र  ९ माइल( १४ किलोमिटर) सम्म  हावामा खरानी भेटिएको सिएनएनले उल्लेख गरेको छ ।

Houses near Taal Volcano's crater are seen buried in volcanic ash in Taal Volcano Island.तीन दिन पछि समेत टाल वरिपरि ज्वालामुखीजन्य  गतिविधि जारी छ। लाभाका फोहराहरूले गाढा खैरो रङ उत्पादन गरिरहेका छन् । आइतबार देखि आजसम्म उक्त क्षेत्रमा ४६६ वटा भूकम्प रेकर्ड गरिएको छ ।  ज्वालामुखी विशेषज्ञहरूले अर्को विस्फोट हुन् सक्ने आशंका गरेका छन् ।