पु.समाचार

दीपिकाको ‘छपाक’को ५ औं दिन : बक्स अफिसमा गर्यो धमाका, कमायो यति करोड

एजेन्सी । बलिउड अभिनेत्री दीपिका पादुकोणको फिल्म ‘छपाक’ रिलिज त् भयो तर विवादका कारण यो फिल्मले बक्स अफिसमा खासै कमाइ गर्न सकिरहेको छैन । विकेन्ड पश्चात पनि दीपिकाको फिल्मले बक्स अफिसमा आफ्नो जबर्जस्त प्रदर्शन देखाउन सकिरहेको छैन ।

बक्स अफिस इन्डिया डट कमको अनुसार ‘छपाक’ले मंगलबार २ देखि २.२५ करोड भारतीय रुपैया कलेक्ट गरेको छ । यस हिसाबले दीपिकाको फिल्म ‘छपाक’ले पाँच दिनमा २२ देखि २३ करोड भारतीय रुपैयाँको शानदार कलेक्सन गरेको छ ।

दीपिका पादुकोणको  फिल्म ‘छपाक’ ले पहिलो दिन ४.७७ करोड भारतीय रुपैयाँ कमाएको थियो ।  दोस्रो दिन फिल्मको कमाइमा ३०-४० प्रतिशत ग्रोथ देखिएको थियो । फिल्मले शनिबार ६.९० करोड भारतीय रुपैयाँ भन्दा ज्यादा कमाइ गरेको थियो ।

आइतबार फिल्मले ४.७७ करोड भारतीय रुपैयाँ कमाइ गरेको थियो । सोमबार २-२/४ करोड भारतीय रुपियाँ कमाइ गरेको फिल्मले हिजो(मंगलबार) पनि सोहि अनुपातमा कमाइ गरेको हो ।

दीपिला पादुकोणको फिल्म ‘छपाक’को बजेट लगभग ३५ करोड भारतीय रुपैयाँ रहेको बताइएको छ ।