मनोरञ्जन

गंगूबाई काठियावाडी’ को फर्स्ट लुक रिलिज, माफिया क्वीन बनिन् आलिया भट्ट

एजेन्सी । बलिउड अभिनेत्री आलिया भट्टको मस्ट अवेटेड फिल्म गंगूबाईकाठियावाडी’ को फर्स्ट लुक्स रिलिज गरिएको छ ।यस फिल्ममा आलिया भट्ट मुम्बईको गंगूबाईको भूमिका निभाउनेछिन् ।

गंगूबाई इतिहासको एक प्रख्यात पात्र हुन्, जो  सानै उमेरमा वेश्यावृत्तिको लागि मजबुर हुन्छिन् । त्यसपछि कयौं कुख्यात अपराधी गंगूबाईसँग जोडिन्छन् ।

संजय लिला भन्सालीको निर्देशनमा बनेको यस फिल्ममा आलिया भट्ट बिल्कुल अलग लुक्समा नजर आउनेछिन् । फिल्मको पोस्टर रिलिज हुनासाथ सोसियल मिडियामा खुब भाइरल भइरहेको छ ।

Alia Bhatt@aliaa08

Here she is, Gangubai Kathiawadi ?@bhansali_produc@prerna982@jayantilalgada@PenMovies

View image on TwitterView image on Twitter

फिल्म ‘गंगूबाई काठियावाडी’मा आफ्नो पहिलो लुक्सको पोस्टरको आलिया भट्टले आफ्नो ट्वीटर एकाउन्टमा सेयर गरेकी छिन् । उनले लेखेकी छिन्, “ल मिल्नुहोस्,  गंगूबाई काठियावाडी..” फिल्मको दुवै पोस्टरमा आलिया भट्ट काफी अलग-अलग  देखिएकी छिन् ।

गंगूबाई काठियावाडीको रोलमा आलिया भट्टको दुई पोस्टर रिलिज भएको छ ।पहिलोपटक आलिया भट्ट संजय लीला भन्सालीको फिल्ममा काम गर्दैछिन् । फिल्म ११ सेप्टेम्बर, २०२० मा रिलिज हुने बताइएको छ ।

 

796 people are talking about this