राजनीति

गल्ती गर्नेले सच्चिनुपर्ने भन्दै तराई पुगेर डा शसाँकको ठोकुवाः काँग्रेस कुनै हालतमा फुट्दैन

महोत्तरी । नेपाली काँग्रेसका महामन्त्री डा. शशाङ्क कोइरालाले जनताका अधिकार कुण्ठित हुन सक्ने अवस्था आउन नदिन काँग्रेसकै सचेतता आवश्यक रहेको बताएका छन् । मनराशिशवा नगरपालिका–९ बथनाहामा काँग्रेस महोत्तरीले आयोजना गरेको पार्टीका महासमिति सदस्य ललनकुमार राय श्रद्धाञ्जलिसभामा महामन्त्री डा. कोइरालाले प्राप्त राजनीतिक उपलब्धिको रक्षा काँग्रेसको मुख्य अभिभारा भएको बताए । डा कोईरालाले काँग्रेसमा जति विबाद भएपनि पार्टी नफुट्नै दाबी गर्दै जसले गल्ती गरेपनि सच्चिएर जानुको विकल्प नभएको बताएका छन् । 

कार्यक्रममा काँग्रेसका केन्द्रीय सदस्य दीपक गिरी, कल्याण गुरुङ, रामकृष्ण यादव, सरिता प्रसाईँ, पार्टी महोत्तरीका सभापति महेन्द्रकुमार राय, पार्टी सिन्धुली सभापति उज्ज्वल बरालसहितका नेताले रायप्रति श्रद्धाञ्जलि व्यक्त गरे । राजपा नेपालका केन्द्रीय नेता सुनिलकुमार रोहित, मनराशिशवा नगरपालिकाका प्रमुख सञ्जयकुमार सिंहसहितका विभिन्न दलका नेता कार्यकर्ताले नेपालको प्रजातान्त्रिक आन्दोलनमा रायको योगदानको चर्चा गर्दै श्रद्धाञ्जलि व्यक्त गरे ।

पञ्चायतकालमा प्रजातन्त्र स्थापनाका लागि काँग्रेसमा आबद्ध भई लामो योगदान दिएका मनराशिशवा–१० का बासिन्दा ५७ वर्षीय रायको पुस २२ गते बर्दिवास–५ मा सडक दुर्घटनामा परी निधन भएको थियो । राय काँग्रेसका महासमिति सदस्य थिए ।