आर्थिक

युनाईटेड फाईनान्स लिमिटेडको २५ औं वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं । युनाईटेड फाईनान्स लिमिटेडको २५ औं वार्षिक साधारण सभा २९ पोैष २०७६, कार्की बैकंट, बबरमहल, काठमाडौंमा कम्पनिका अध्यक्ष  वसन्त कुमार चौधरीको अध्यक्षतामा सफलतापूर्वक सम्पन्न भयो । वसन्त कुमार चौधरीले प्रस्तुत गरेका कम्पनीको आ.व.२०७५/७६ को वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण साधारण सभाबाट पारित भयो ।

उक्त साधारण सभाले कम्पनीको आ.व.२०७५।७६ को वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण पारीत गर्नुका साथै गत आ.व. को मुनाफाबाट शेयर धनिहरुलाई ७.५२% नगद लाभांश तथा ३ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव स्विकृत गरेको छ ।

सोहि साधारण सभाबाट आगामी कार्यकालका लागि सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने रिक्त ५ सञ्चालक पदमा वसन्त कुमार चोेैधरी, राहुल ईन्फ्रास्ट्रक्चर प्रा. लि. (प्रतिनिधि रोशन अधिकारी), एम. ए. डव्लु इन्टरप्राइजेज प्रा. लि. (प्रतिनिधि विष्णु कुमार अग्रवाल), वेनी गोपाल मुन्दडा, तथा श्री मनिष कुमार खेमकालाई आगामी ४ वर्षको लागि निर्विरोध निर्वाचन गरियो ।

गत आ.व. मा कम्पनीले रु. ६ अर्ब ५५ करोड निक्षेप संकलन गरि सो अवधिमा विभिन्न क्षेत्रमा रु. ६ अर्ब १४ करोड कर्जा लगानी गरी संचालन मुनाफा रु. १८ करोड ०५ लाख र खुद मुनाफा रु. ९ करोड ९९ लाख आर्जन गरेको छ । त्यस्तै फाइनान्सले खराब कर्जा ०.५७ प्रतिशत कायम राख्न सफल भएको छ । कम्पनीले आफ्ना २३ वटा शाखा कार्यालयबाट बैकिगं सेवा प्रदान गर्दै आईरहेको छ । हालै मात्र कम्पनीमा भारतको प्रतिष्ठित मुत्तुट फाइनेन्स रणनीतिक साझेदारका रुपमा भित्रिएको छ ।