प्रदेश 1

विद्यार्थी सङ्गठनबाट क्याम्पसको कामकाज ठप्प

लहान । विभिन्न विद्यार्थी सङ्गठनले सिरहास्थित सूर्यनारायण सत्यनारायण मरबैता यादव बहुमुखी क्याम्पसको कामकाज ठप्प गराउँदै क्याम्पस प्रमुखलाई नै क्याम्पस प्रवेशमा रोक लगाएका छन् । नेपाल विद्यार्थी सङ्घ, अनेरास्ववियू र समाजवादी विद्यार्थी यूनियनले संयुक्त रुपमा क्याम्पसको मूलढोकामा क्याम्पस प्रमुखलाई क्याम्पस प्रवेशमा निषेध गराई कालो तुल झुण्ड्याएका छन् ।

क्याम्पस प्रमुख कृष्णकुमार यादवलाई क्याम्पस प्रवेशमा रोक लगाउनाका साथै क्याम्पस प्रशासनको सम्पूर्ण कामकाज ठप्प र क्याम्पसको सम्पूर्ण शाखामा तालबन्दी गरेको संयुक्त विद्यार्थी सङ्गठनले विज्ञप्तिमार्फत जनाएका छन् । ‘विद्यार्थी सङ्गठनले उठाउँदै आएको २२ बूँदे मागप्रति क्याम्पस प्रमुख यादव गम्भीर नभएकाले’ उनलाई क्याम्पस प्रवेशमा निषेध गरिएको समाजवादी विद्यार्थी यूनियनका अध्यक्ष कासिन्द्र यादवले जानकारी दोए ।