आर्थिक

गुडविल फाइनान्सको २५औं वार्षिक साधारणसभामा सम्पन्न

काठमाडौं । मंगलवारका दिन यस गुडविल फाइनान्स लिमिटेड (वित्तीय संस्था) को २५औं वार्षिक साधारण सभा गुडविल कम्प्लेक्स हात्तिसारमा सम्पन्न भयो । उक्त वार्षिक साधारण सभामा कम्पनीका अध्यक्ष राजाराम जोशीले आ.व. २०७५÷/७६ को वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

संस्थाले निक्षेपतर्फ गत आ.व.को तुलनामा २७५ ले वृद्धि गरी रु. ६,८९,५६,१३,७११.८३ तथा कर्जातर्फ २६५ ले वृद्धि गरी रु. ५,९०,३१,२२,८२४।५८ पुर्याएको जानकारी दिनुका साथै सस्थाका अध्यक्ष राजाराम जोशिले प्रस्तुत गरेका आ.व.२०७५/०७६ को आयव्यय विवरण तथा उक्त आ.व.को नाफाबाट १०५ नगद लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मत रुपमापारित गरेको छ ।

सो अवसरमा संस्थापाक प्रमुख कार्यकारी अधिकृत सरोज काजी तुलाधरले, संस्थाले ७ वर्ष अवधिको १२ प्रतिशत व्याजदरमा ६/६ महिनामा व्या जभुक्तानी हुने गरि प्रति डिवेन्चर रु.१,०००/०० (एक हजार) का दरले कुल रु.२५ (पच्चिस) करोड रुपैंया बराबरको २,५०,००० (दुई लाख पचास हजार) कित्ता “१२ प्रतिशत गुडविल फाइनान्स लिमिटेड डिवेन्चर २०८३” निष्काशन गर्ने प्रकृयामा रहेको जानकारी गराए।

हाल १६ वटा शाखा कार्यालयबाट सेवा प्रदान गर्दै आइरहेको फाइनान्सले आगामी दिनमा उपत्यकाभित्र तथा बाहिर थप शाखा तथा एक्सटेन्सन काउण्टर विस्तार गरी सेवाविस्तार गर्ने लक्ष्य लिएको छ ।

विगत २५ वर्ष देखि आफ्नो सेवा प्रदान गर्दै आइरहेको फाइनान्सले वित्तीय कारोवारका अतिरिक्त आफनो संस्थागत सामाजिक उत्तरदायित्वलाई पनि त्यत्तिकै प्राथमिकताका साथ निर्वाह गर्दै आइरहेको छ । यसैअन्तर्गत वित्तीय साक्षरता कार्यक्रमलाई आफ्ना शाखा रहेका र नरहेका क्षेत्रमा समेत संचालन गर्दै आइरहेको छ ।

संस्थाको २५ औं साधारण सभाले आगामी ४ वर्षका लागि नयाँ संचालक समितिको गठन गरेको छ । जसअन्तर्गत संस्थापक शेयरधनीहरुको तर्फबाट सुधिरमान मास्के,दिलीपकुमार मुनकर्मी, जेनीजोशी (महिला संचालक) तथा सर्वसाधारण शेयर धनीहरुका तर्फबाट  विश्वप्रकास साखः, पशुपतिभक्त श्रेष्ठ,  रमेश मल्ल निर्विरोध निर्वाचित भएका छन् ।