अन्तर्राष्ट्रिय

लिबियामा युद्धविराम गर्न फ्रान्सेली राष्ट्रपतिको आग्रह

एजेन्सी । फ्रान्सका राष्ट्रपति एम्यानुएल म्याक्रोँले लिबियाको संकट समाधानका लागि त्यहाँ तत्कालै युद्धविराम गर्न आग्रह गरेका छन् । उनले अन्तर्राष्ट्रिय समुदायलाई पनि लिबियाको संकट समाधानका लागि आवश्यक वातावरण निर्माण गर्न र युद्धविरामका लागि लिबियाको संकटका सबै पक्षलाई तयार पार्ने वातावरण निर्माण गर्न आग्रह गरेको बताइएको छ ।

लिबियामा बढ्दै गइरहेको संकटका बारेमा फ्रान्सेली राष्ट्रपति म्याक्रोँले केही दिनयतादेखि अन्तर्राष्ट्रिय समुदायसँग छलफल र परामर्श गर्दै आएको छ । उनले आइतबार मात्र पनि विभिन्न देशका नेताहरुसँग यसै विषयमा आवश्यक परामर्श र छलफल गरेको थियो । उनले आइतबार मात्र पनि रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग टेलिफोनमा कुराकानी गरेको हो ।

फ्रान्सेली राष्ट्रपतिको कार्यालयले दिएको जानकारी अनुसार उनले लिबियामा जारी रहेको संकटको अन्त्यका लागि सबैभन्दा पनि युद्ध विरामको आवश्यकता रहेको र त्यसपछि शान्तिवार्ताका माध्यमबाट अघि बढ्न सकिने धारणा राखेको थियो ।

फ्रान्सेली राष्ट्रपतिको कार्यालयद्धारा जारी वक्तव्यमा सो विषयमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पनि लिबियाको संकट समाधानमा आफ्नो तर्फबाट सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको थियो । यस विषयमा जर्मनीको राजधानी बर्लिनमा एक सम्मेलनको आयोजना गर्ने र सो सम्मेलनमा लिबिया संकटका बारेमा विदेशी दाता राष्टहरुका साथै विदेशी समुदायले पनि कूटनीतिक पहल थाल्ने विषयमा तयारी गर्ने सहमति भएको बताइएको छ ।