अन्तर्राष्ट्रिय

हिमपहिरोले लियो पाकिस्तानमा ५५ र अफगानिस्तानमा ११० जनाको ज्यान

75 dead as extreme cold sweeps across Pakistan

एजेन्सी । पाकिस्तान प्रशासित काश्मीर क्षेत्रमा आएको हिम पहिरोमा परि ५५ पाकिस्तानी सेनाको मृत्यु भएको छ  साथै थप केहि बेपत्ता रहेका बताइएको छ।

दुई पाकिस्तानी अधिकारीलाई उदृत गर्दै समाचार संस्था रोयटर्सले मंगलबार निलुक उपत्यकका क्षेत्रका केही स्थानीय फसिरहेको जनाएको छ। त्यहाँ भारी वर्षाका कारण पनि हिम पहिरो बढ्ने सम्भावना रहेको स्थानीय समाचार एजेन्सीहरूले  जनाएका छन् । 

पाकिस्तानी अधिकारीका अनुसार उद्धार जारी छ र हिम पहिरोमा फसिरहेका स्थानीयसम्म पुग्‍ने प्रयासह भइरहेको जनाइएको छ । हिम पहिरो, बाढी, अत्यधिक चिसोका कारण पाकिस्तान र छिमेकी अफगानिस्तानमा ११० जनाको मृत्यु भइसकेको छ ।