आर्थिक

सांग्रिला बैंकको १५ औं वार्षिक साधारणसभा सम्पन्न

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले मिति २०७६ पौष २९ गतेका दिन काठमाडौ महानगरपालिका वडा नं ६ लैनचौर स्थित लैनचौर ब्याङ्क्वेटमा आफ्नो १५ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।

उक्त साधारण सभाले आ.व. २०७५/०७६ को सञ्चालक समितिको वार्षिक प्रतिबेदन पारित गर्नुको साथै लेखापरिक्षण प्रतिवेदन सहित २०७६ आषाढको वित्तीय अवस्थाको विवरण, नाफा–नोक्सान विवरण तथा विस्तृत आयको विवरण लगायतका वार्षिक वित्तीय विवरणहरु स्वीकृत गरेको छ । सभाले चालु आ.व. २०७६/७७ को लागि श्याम कार्की एण्ड कम्पनी चार्टर्ड एकाउन्टेन्टस्लाई बाह्य लेखापरिक्षकमा नियुक्त गरेको छ ।

साधारण सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम चुक्ता पूँजी रु.२,६०,६६,४०,४०० को ८.९५९३% (कर सहित)ले हुन आउने रु २३,३५,३७,२९६/९६ (अक्षरेपी रु. तेईस करोड पैंतीस लाख सैंतीस हजार दुई सय छयानब्बे रुपैया र पैसा छयानब्बे मात्र) नगद लाभांश वितरण गर्ने प्रस्ताव साधारण सभाले स्वीकृत गरेको छ ।

उपरोक्त बमोजिमको बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर ८९ शाखा कार्यालयहरु, २६ एटिएम, साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ ।