अन्तर्राष्ट्रिय

चीनको क्विन्घाई प्रान्तमा भएको घटनामा परी १० जना बेपत्ता १५ घाइते

एजेन्सी । चीनको उत्तरपश्चिमी क्षेत्रमा पर्ने क्विन्घाई प्रान्तमा भएको घटनामा परी कम्तीमा दशजना बेपत्ता भएका छन् । स्थानीय अधिकारीहरुले मंगलबार विहान दिएको जानकारीअनुसार सोमबार भएको सडक दुर्घटनामा परी अरु १५ जना घाइते पनि भएका छन् ।

स्थानीय समयानुसार बेलुका ५.३० बजे नान्डाजी सडकमा दुर्घटना भएको हो । एउटा सार्वजनिक बस सडकबाट तल खसेर दुर्घटना भएको अधिकारीहरुले जनाएका छन् । अहिले दुर्घटना भएको नान्डाजी भन्ने ठाउँमा अत्यधिक धेरै सवारी साधनको चाँप हुने गरेको छ । दुर्घटनामा परी बेपत्ता भएकाहरुको खोजी कार्य जारी रहेको अधिकारीहरुले बताएका छन् । यसअघि स्थानीय अधिकारीहरुले दुई जना मात्र बेपत्ता भएका र १३ जना घाइते भएका बताएका थिए ।

घाइते भएकाहरुलाई स्थानीय अस्पतालमा उपचार गराइएको छ भने कसैको पनि अवस्था चिन्ताजनक नरहेको जनाइएको छ ।