मनोरञ्जन

‘बोलीदेउ सान्नानी’ साथमा आए महेन्द्र ( भिडियो ) 

काठमाडौं । नेपाल आइडल प्रतियोगी प्रतिभाशाली गायक महेन्द्र राज बरालले आफ्नो चौथो गीत  ‘बोलीदेउ सान्नानी’ सार्वजनिक गरेका छन् । लोकआधुनिक शैलीको ‘बोलीदेउ सान्नानी’मा गायक महेन्द्र राज बराल र चर्चित गायिका मेलिना राईको युगल स्वर रहेको छ । 

गीतमा शब्द र संगीत लोकप्रिय संगीतकार वसन्त सापकोटाको रहेको छ । गीतको संगीत संयोजन उदय राज पौडेलले गरेका हुन् । 

म्युजिक भिडियोमा महेश खड्का र सृष्टी खड्काको अभिनय रहेको छ । भिडियोलाई शिव विकले कोरियोग्राफी गरेका हुन् ।निशान घिमिरेले  भिडियो सम्पादन गरेका छन् । अमृत सुनुवारको निर्देशन तथा छायांकनमा भिडियो तयार भएको हो । मनिराम बराल (लायन)ले भिडियो निर्माण गरेका हुन् ।

महेन्द्र राज बरालको अफ़िसिएल युट्युव च्यानलमार्फत भिडियो सार्वजनिक भएको हो । गीतलाई मिडीया हाउस तथा दर्शक बाट सकारात्मक प्रतिक्रियाप्राप्त भइरहेको छ । 

https://youtu.be/lZBn24pIa0k