मनोरञ्जन

गायिका फिबी परियारको ‘बिर्सन गाह्रो छ’ बजारमा (भिडियो)

काठमाडौं । गायिका फिबी परियारको “बिर्सन गाह्रो छ्” बोलको गीत बजारमा आएको छ ।  काठमाण्डौमा एक पत्रकार सम्मेलनबिच उक्त गीत सार्वजानिक गरिएको हो ।

“मेरो यो पहिलो प्रयास हो, मलाई लाग्छ यो गीतलाई सबै जनाले माया गर्नुहुनेछ ।” गायिका परियारले भनिन । गीतमा गीतकार सुशिल दाहालको शब्द ,चर्चित सङ्गितकार राजु सिंहको सङ्गित र गायिका फिबि परियारको सुमधुर आवाज सुन्न सकिन्छ । गीतलाई अल्टर मिडियाले बजारमा ल्याएको हो ।

भिडियोलाई निर्देशक अरुण जंग शाहीले छायांकन,निर्देशन र सम्पादन गरेका हुन् भने सुवास भुषाल, पारु कार्की र पूजा थापाको उत्कृष्ट अभिनय हेर्न
सकिन्छ ।

भिडियो
https://youtu.be/-n9JjVZnGN0