समाचार

विजय मोहन क्वात्रा नेपालका लागि नयाँ भारतीय राजदूत

काठमाडौं । नेपालका लागि नयाँ भारतीय राजदूतमा विजय मोहन क्वात्रा नियुक्त भएका छन् । भारतीय विदेश मन्त्रालयले जनाएअनुसार भारतको मन्त्रीपरिषद्को बैठकले उनलाई नेपालका लागि नयाँ राजदूतमा नियुक्त गर्ने निर्णय गरेको हो ।

भारतीय विदेश मन्त्रालयका वरिष्ठ अधिकारीले विनय नेपालका लागि नयाँ राजदूतका लागि नियुक्त गरेको पुष्टि गरेका छन् । ३० वर्ष भारतीय विदेश सेवामा कार्यरत विनय यसअघि फ्रान्सको राजदूत भइसकेका छन्।

उनले यसअघि गत डिसेम्बरमा कार्यकाल पूरा गरी स्वदेश फर्किएका भारतीय राजदूत मञ्जिभसिंह पुरीको स्थान लिनेछन् ।

उनले भारतीय प्रधानमन्त्रीको कार्यालयमा सहसचिवका रुपमा तथा विदेश मन्त्रालयमा नीति योजना तथा अनुसन्धान महाशाखामा समेत काम गरिसकेका छन् ।