आर्थिक

बारा र धनुषामा निर्माणाधीन भौतिक पूर्वाधारकामा बजेट अभाव हुन नदिने अर्थमन्त्रीको दाबी

काठमाडौं । अर्थमन्त्री डा युवराज खतिवडाले बरा र धनुषामा निर्माणाधीन भौतिक पूर्वाधारको निरीक्षण गरेका छन् । बारामा निजगढ अन्तराष्ट्रिय विमानस्थल तथा काठमाडौं–निजगढ द्रुतमार्ग तथा धनुषमा रेलार्ग निर्माण भईहरको छ ।

जस्को निरीक्षण गर्न अर्थमन्त्रीको टोली उक्त स्थानमा पुगेको हो । उक्त अबसरकार अर्थमन्त्री खतिवडाले विमानस्थल, रेलवे र द्रुतमार्ग निर्माणको लागि बजेट अभाव हुन नदिने प्रतिवद्धता व्यक्त गरेका छन् ।

बारामा र धनुषामा निर्माणाधीन भौतिक पूर्वाधारको अवलोकन निरीक्षण गर्दै अर्थमन्त्री खतिवडाले सरकारको तर्फबाट कुनै पनि स्रोतको अभाव हुन नदिने प्रतिवद्धता गरे ।

साथै उनले आयोजना सञ्चालन र निर्माणका लागि सबै निकायले आफ्नो क्षेत्रबाट सहयोग गर्नुपर्ने धारणा व्यक्त गरेको मन्त्री खतिवडाको सचिवालयले जनाएको छ ।