बाग्मती

प्रदेश ३ को राजधानी हेटौंडा हुँदा यसरी मनाईदै छ खुसीयाली !

मकवानपुर ।  प्रदेश नम्बर ३ को स्थायी राजधानी हेटौडा र नाम बागमती कायम भएसंगै कहिँ खुसियाली छाएको छ भने असन्तुष्ट जनाउनेहरुको पनि कमि छैन । हेटौडालाई राजधानी तोकिएपछि पाएक पर्ने ठाउँमा राजधानी नभएको भन्दै अन्य जिल्लाहरुका वासिन्दाले जनप्रतिनिधिको चर्काे आलोचना गरिरहेका छन् ।

प्रदेश ३ का बासिन्दाले बिरोध जनाएपनि मकवानपुर वासी भने हर्षित भएका छन् । सत्ता पक्ष देखी लिएर प्रतिपक्ष, विभिन्न नागरिकको बिरोध पस्चात अन्ततः प्रदेश ३ को हेटौडको टुंगो लागेको हो । सत्ता पक्ष र प्रतिपक्ष बीच सहमती जुटन नसक्दा पटक–पटक प्रदेशसभा वैठक विना निस्कर्ष टुंगीने गरेको थियो । जसका कारण राजधानी र प्रदेशके नाममा अन्यौलता थियो ।

पटक–पटकको छलफल पस्चात सबैमा सहमती जुटेपछी बहुमतका साथ राजधानी हेटौंडा कायम भएको हो । यति हुँदा हुँदै प्रदेश सरकारको विषयमा असन्तुष्टि भने कायमै थियो । जनप्रतिनिधि लगाएत सबैको सहमतीमा हेटौंडमा राजधानी बनाउने या नबनाउने विषयमा मतदान समेत भएको थियो । र मतदानमा हेटैडा नै राजधानी कायम हुनुपर्नेमा धेरै मत परेको थियो । यसअघि पनि केन्द्र सरकारले राजधानी हेटौडा र नाम बागमती राख्न निर्देशन दिएको थियो ।

राजधानी हेटौडा कायम भएपछि प्रदेश सरकारले खुसीयाली मनाएको छ । राजधानी पाएको खुसीमा विद्यालय बन्द देखी घरजग्जा व्यवसायीले जनप्रतिनिधिलाई बधाई दिरहेका छन् । हिजो (सोमबार) मात्रै हेटौंडा वडा नम्बर ६ कार्यालयले विद्यालय बिदा दिएको थियो । वडा कार्यालयले सुचना नै जारी प्रदेशको नाम वागमती र राजधानी वागमती भएको खुसीयालीमा सोमबार विद्यालय विदाको घोषणा गरेको थियो ।

तर हेटौंडा उपमहानगरपालीका ६ का वडाअध्यक्ष अर्जुन चापागाईले भने बिद्यालयमा केहीबेर खुसीयाली मनाएपनि पुरादिन विद्यालय बन्द नभएको दाबी गरेका छन् । यति मात्रै होईन होईन हेटौडा राजधानी पाएपछि खुसीले गदगद हुँदै घर जग्जा व्यवसायीलेत झनै पत्रिकामा सुचना गर्दै बधाई तथा शुभकामना पनि दिएका छन् ।

उनिहरुले बधाइ सन्देशमा हेटौडालाई राजधानी बनाउनमा सहयोग गर्ने जनप्रतिनिधि, पत्रकार, उद्योगी, व्यवसायी लगाएतकालाई धन्यावाद ज्ञापन गरेका छन् । भने उता हेटौडामा राजधानी भएको बिरोध गर्नेहरुले भने सामाजिक सञ्जाल लगाएत विभिन्न माध्यमबाट जनप्रतिनिधि प्रति असन्तुष्टि प्रकट गरेका छन् । अपायक पर्ने ठाउँमा राजधानी बनाएको भन्दै उनिहरुले प्रदेश सरकारको निर्णयको कटाक्ष गरिरहेका छन् । हेटौंडा राजधानी भएसंगै त्यहाका जग्गा जमीनकको मुल्य ह्वात्तै बढेको छ ।