मनोरञ्जन

अमेरिकी सरकारको कला पुरस्कारबाट लोकप्रिय गायक शिव परियार भए सम्मानित

काठमाडौं । लोकप्रिय नेपाली गायक शिव परियार अमेरिकाको न्यू जर्सी राज्यको जर्सी सिटी काउन्सिलद्वारा स्थापित ‘ह्याम्लेट म्यानजुएटा अवार्ड ईन आर्ट्स’ बाट सम्मानित भएका छन् ।

गायकपरियार अमेरिकी सरकारको कला पुरस्कारबाट सम्मानित हुने संभवतस् पहिलो नेपाली कलाकार हुन् । जर्सी सिटी काउन्सिल प्रेसिडेण्ट जोएस वाटरम्यानद्वारा प्रदान गरिएको उक्त कला पुरस्कार जर्सीसिटीकी प्रतिनिधि क्याथरिन तान्जे, जर्सी सिटी शहरको मेयरकी सल्लाहकार डा

। विष्णु माया परियार, जर्सी सिटी डेमोक्रेटिक पार्टीकी निर्वाचित सदस्य रेणु शर्मा सापकोटा र एनआरएन न्यू जर्सीच्याप्टर प्रेसिडेण्ट समिर बुढाथोकीले संयुक्तरूपमा गायक परियारलाई प्रदान गरी सम्मान गरेका थिए । गायक परियारले आफ्नो २६ वर्षको सांगितिक यात्रामा ५०० भन्दा बढी गीत गाईसकेकाछन्भने १० वटा गिती एल्वममा आफ्नो स्वर र संगित सृजना गरेका छन् ।

जर्सी सिटी शहरमा जनवरी १२ तारिख न्यू जर्सी राज्यका नेपालीहरुको संयुक्त आयोजना माडाकिएको साँगितिक एवं सम्मान साँझमा गायक शिव परियारले आफ्ना सुमधुर गीतहरू गाएरउपस्थित पाहुनाहरूलाई भरपुर मनोरन्जन दिलाएका थिए । गायक परियारको बहुचर्चित गीत पिउँदिन भन्दा भन्दै पिलायो साथीले गीत यूट्यूब च्यानलमा दुईकरोड ५३ लाख ९२५ मिलियन० भन्दा बढीले हेरिसकिएको छ भने आँशुको अर्थ के थाहा त डेढकरोड ले हेरिएको छ ।

उनका एल्बमहरु मोक्ष्य ९२००५०, स्वयम ९२००८०, कदम्बिनी ९२००८०,क्या दामी ९२००९०, फाटेको मन९२०१००, पागल ९२०११०, कथाले मागेपछि९२०१२०, ओन्ली यू मेरो साथी ९२०१२०, टाढाको साथी९२०१३० र शिव बूक ९२०१५० छन् ।

रेडियो नेपालद्वारा सन् २००३ मा आयोजित आधुनिक गीत प्रतियोगितामा प्रथम भएका गायक शिवपरियार (Officially, Shiv bahadur Pariyar) त्यसयता नेपालको थुप्रै म्यूजिक पुरस्कारछनौटबाट एक दर्जनभन्दा बढी पटक उत्कृष्ट गायक चुनिएका छन् । उनी सन् २०१६ मा नेपालसरकारबाट राष्ट्रीय प्रतिभा पुरस्कारबाट समेत सम्मानित गर्विला युवा गायक हुन् ।