समाचार

फकाएर बलात्कार गर्ने चर्चका पाश्चर जोशीलाई ठेगान लगाए एसएसपी राईले, गरे पक्राउ

जावलाखेल । ललीतपुरस्थीत एक चर्चका पाश्चरको एक युवतीलाई फकाएर बलात्कार गरेको खुलेको छ । आफुमा भएको रोगहरु समेत सो चर्चमा गए पश्चात् राम्रो हुन्छ भन्ने बिश्वास लागी आशा विश्वासी मण्डली चर्चमा प्रार्थना गर्न जाने सिलसिला सो चर्चका पास्टरले मलाई भेटी तिमीले नराम्रो काम गरेको कारण तिमीलाई यस्तो रोग लागेको हो भन्दै डरत्रास देखाएको युवतीले बताएकी छन् ।

पाप मेटाउनको लागि तिमीले म सँग शारिरीक सम्पर्क गर्नुपर्छ भनि म प्रार्थना बस्दा परमेश्वरले मलाई भन्नु भएको छ । त्यस्तैले तिमीले म सँग शारिरीक सम्पर्क गर्नुपर्छ र तिमीले गरेको पाप नाश भएर जान्छ भनि मलाई ललाई फकाई बिश्वास दिलाई बिगत ३ महिनामा पहिलो पटक ललितपुरअन्तर्गत चापागाँउमोडको एक गेष्ट हाउसको कोठामा बोलाई मेरो ईच्छा विपरीत ढोका बन्द गरी निज पाष्टरले मलाई करणी गर्नु भयो उनले ललीतपुर प्रहरीसँगको बयानमा बताएकी छन् ।

मैले तिमीलाई शारिरीक सम्पर्क गरेको कुरा कोही कसैलाई भनेमा मलाई परमेश्वरले दिएको शक्ति नाश भएर जान्छ, तिमीले कसैलाई भनेमा तिमीलाई जे पनि गर्छु भनि धम्की दिई आएको भन्ने प्रहरीको अनुसंधानमा खुलेको छ ।  उनले प्रहरीसँग दुःख पोख्दै भनिन्ः दोस्रो पटक पीडित आफुले संचालन गरेको पसलमा आई जबरजस्ती करणी गर्न खोज्दा अस्विकार गर्दा तिमीले म सँग पहिला पनि शारिरीक सम्पर्क गरी सकेकी छौ, तिम्रो परिवार तथा साथी भाईलाई चर्चमा हल्ला गरी दिन्छु भनी डरत्रासमा पारी पुनः सोही पसलको कोठामा जबरजस्ती करणी गर्नु भयो । त्यस्तै गरी अन्तिम पटक अन्तिम पटक २०७६ पौष महिनाको पहिलो हप्तातिर सोही पसल कोठामा डर, त्रास र दवादमा पारी जबरजस्ती करणी गर्नुभयो ।

पिडीतको लिखित जाहेरीको आधारमा चर्चका पाष्टर बिश्वास जोशी भन्ने ध्रुवबाबु जोशीलाई सोमबार साँझबाट ललितपुर प्रहरीको नियन्त्रणमा छन्। उक्त कुरा ललीतपुर प्रहरीले जनाएको छ । ललीतपुर प्रहरी प्रमुख टेकप्रसाद राई आएपछि उक्त जिल्लामा चोरी, डकैत तथा बलात्कारीहरुलाई कडा कारबाही गर्दै आएका छन् । गुण्डागर्दी अन्त्यका लागि प्रहरी अप्रेशन नै चलाएका छन् । जसका कारण अपराध घटेको स्थानीयको विश्लेशण छ ।