अन्तर्राष्ट्रिय

सम्झौतापछि त्रिपोलीको विमानस्थल पुनः सञ्चालनमा

एजेन्सी । गत हप्तादेखि अबरूद्ध रहँदै आएको लिबियाली राजधानी त्रिपोलीस्थित विमानस्थल सोमबारदेखि पुनः सञ्चालनमा आएको छ । शक्तिशाली खलीफा हफ्तरको सेनाले त्रिपोली नियन्त्रणको लागि नौ महिना संघर्ष गरेपछि सम्झौता भएको हो ।

लिबियाको राष्ट्रिय ध्वजावाहक विमानले सोमबारदेखि नै त्रिपोली–मिटिगा आवतजावतका लागि उडान सञ्चालन गरिसकेको छ भने अन्य निजी कम्पनीहरूले पनि आफ्ना सेवालाई सञ्चालनमा ल्याएको बताए ।

लिवियाली शक्तिशाली सैनिक खलीफा हफ्तरको सेनाले राष्ट्रसंघद्वारा मान्यताप्राप्त राष्ट्रिय सहमतिको सरकारको राजधानी कब्जा गर्ने लक्षसहित त्रिपोली र वरपरका क्षेत्रमा गतिविधि बढाएपछि त्रिपोलीको विमानस्थल एक हप्तादेखि अवरूद्ध थियो भने गत अप्रिलपछि विद्रोहीले आक्रमण तीब्र बनाएपछि देशको अर्को प्रमुख मिटिगा विमानस्थल सञ्चालनमा कठिनाई भएको थियो ।

विमानहरूमा विद्रोहीको हवाई आक्रमण र रकेट हमलाको प्रभाव पर्ने भन्दै उक्त विमानस्थलमा लामो समयदेखि सेवा अवरूद्ध थियो । गत हप्ता विद्रोहीले नविकृत आक्रमणहरूसहित त्रिपोलीतर्फ बढेपछि अन्ततः राजधानी त्रिपोली जोड्ने विमान सेवा पनि बन्द भएका थिए । लिवियामा लामो समय शासन गरेका तानाशाह मोहमर गद्दाफीलाई सन् २०११ को जनविद्रोहपछि पदच्युत गरी हत्या गरिएको थियो ।

गद्दाफीको मृत्युपछि युद्धको लिवियामा युद्धको अन्त्य हुने आशा गरिएको भएपनि त्यसो हुनसकेन । फलतः रूसी मध्यस्थतामा सरकार र विद्रोही समूहले युद्धविराम गरी सोमबार वार्तामा बसेका छन् ।