सामाजिक सञ्जाल

दिलीप प्रकरणको विषयमा युवा नेता गगन थापा भए यसरी भावुक !

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता गगन थापाले दिलीप महतो प्रकरणको प्रारम्भिक अनुसन्धानले डरलाग्दो प्रवृत्तिको उजागर गरेको बताएका छन् । पुर्व मन्त्रीसमेत रहेका थापाले एक स्टाटस लेख्दै भनेका छन्, “‪दिलीप हत्या प्रकरणको प्रारम्भिक अनुसन्धानले डरलाग्दो प्रवृत्तिको उजागर गरेको छ । नदी र चुरे क्षेत्रको अवैध उत्खननसंग जोडिएको यो एउटा प्रतिनिधि घटना हो । यस्तो धन्धा रोक्न राज्य र दलको मिलेमतोमा हुने हालिमुहाली रोक्नैपर्छ।यो पटक ति सबै पक्षको अनुसन्धान गरी संलग्न सबैलाई कारवाही होस् ।‬”

यस घटनाप्रति थापाले लेखेका छन्, “‪घटना घट्छ,महत्त्वका साथ उठाउँछौँ, समय बित्छ अनि बिर्सन्छाैं । नदीको अवैध दोहन र यसको “Nexus” को अन्त्य गर्न संसदमा विषय उठाएको बेला टुङ्ग्याउन सकेको भए सायद आज दिलीपलाई गुमाउनु पर्दैनथ्यो होला । यो पटक नबिर्सौ । यस्तो आपराधिक प्रवृत्ति र अवैध “Nexus” को अन्त्य गर्ने सङ्कल्प गराैं ।‬”