आर्थिक

भाटभटेनी सुपर स्टोर्सले करोडौं रुपैयाँ कर छलेको सर्वोच्च अदालतको ठहर

काठमाडौं । पछिल्लो समय विभिन्न खालका घटनाहरु दिनप्रतिदिन बढ्दै गएको छ । कहिले बलात्कारका घटना त कहिले सडक दुर्घटना जस्ता घटना बढ्ने क्रममा ठगीका घटनाहरु पनि बढेको छ । त्यस्तैगरी एक भाटभटेनी सुपर स्टोर्सले पनि नक्कली भ्याट बिल प्रयोग गरेर कर छलेको पाइएको छ । आज सोमबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासले अरुण इन्टरकन्टिनेन्टल, शंकर अक्सिजन ग्यास प्रालि, एआईटी प्रालि, महेश बानियाँले नक्कली भ्याटबिल प्रयोग गरेर राजस्व छलेको ठहर गर्दै राजस्व न्यायाधीकरणको फैसला सदर गरेको स्रोतले जानकारी दिए ।

अदालतले अरुणको दुईवटा मुद्दाको हकमा भने राजस्व न्यायाधीकरणले गरेको फैसला उल्ट्याएको छ । शंकर अक्सिजन ग्यास प्रालि, एआईटी प्रालि, महेश बानियाँले पनि नक्कली बिल प्रयोग गरेर राजस्व छलेको सर्वोच्चले ठहर गरेको छ । यससँगै व्यवसायीहरुले कर प्रशासनले निर्धारण गरेको कर तिर्नुपर्ने भएको छ । भाटभटेनीले २०६४ देखि २०६७ सालसम्म २२ करोड ६६ लाख रुपैयाँ कर छली गरेको थियो ।