बाग्मती

ललीतपुर प्रहरीले चितुवाको छाला सहित अधिकारीलाई गर्यो पक्राउ

काठमाडौं । विशेष सुराकिको आधारमा आज ललीतपुर शंखमुलबाट महेश अधिकारीलाई पक्राउ गरिएको छ । सिन्धुली दुधौली स्थाई घर भई हाल ललीतपुरको शंखमुल डेरा गरी बस्ने पित्तम अधिकारीको छोरा वर्ष २६ को महेश अधिकारीलाई चितुवाको जस्तो देखिने वन्यजन्तुको छाला थान(१ रू ५ लाखमा बिक्री गर्ने भनी राखेको अवस्थामा प्रभाग पुल्चोकबाट सादा पोशाकमा खटिएका प्रहरीले नियन्त्रणमा लिई पक्राउ गरेको ललीतपुर प्रहरीले जनाएको छ ।

प्रक्राउ गरिएका अभियुक्तमाथी प्रारम्भिक अनुसन्धान जारी रहेको र मंगलबार कार्यालय खुले पश्चात आबश्यक कारबाहीको लागी वन कार्यालयलाई बुझाइने प्रहरी उपरीक्षक दुर्गा सिंहले बताएकी छन् ।