समाचार

काँग्रेस/अन्य पार्टीले जनताका पक्षमा भएको ‘सूचना विद्येयक’को गलत प्रचार गरेः पुण्य गौतम

काठमाडौं । सरकारले ल्याएको सूचना प्रविधि विधेयेकले नेपाल र नेपाली नागरिक कसैकोपनि स्वतन्त्रता हनन् नहुने भन्दै सच्याउनु नपर्नेमा जोड दिइएको छ ।

विभिन्न क्षेत्रबाट विधेयक संविधानको मर्म र भावनाविपरीत जनतालाई त्रसित गर्नेगरी ल्याइएको भन्दै सच्याउनुपर्ने माग भइरहेका बेला युवाहरुले यहाँ आज पत्रकार सम्मेलन गरी अहिलेको समयमा प्रविधि विधेयक सान्दर्भिक हुने दाबी गरेका हुन् । सामाजिक अभियन्ता पुण्य गौतमले प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस र अन्य पार्टी तथा नागरिक समाजले समेत विधेयकलाई गलत ढङ्गले प्रस्तुत गरिरहेको भन्दै विधेयकले नेपालको विकासमा ठूलो भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

उनले भने, “अहिलेको समयमा सामाजिक सञ्जालले मानिसको जीवनमा ठूलो भूमिका खेलिरहेको छ, तर गलत तत्वबाट मुक्ति दिलाउन विधेयक जरुरी थियो, यसले पे्रस स्वतन्त्रतालाई पनि केही हानी पु¥याएको छैन ।” उनले विधेयक आए पनि फेसबुक, युट्यूब, ट्विटरलगायतका सामाजिक सञ्जाल सजिलै चल्ने र यसमा कुनै प्रकारको समस्या नआउने समेत विश्वास दिलाए ।

पब्लिक इनोभेटर ई दीपेन्द्र कँडेलले विधेयकले कसैको पनि स्वतन्त्रता हनन् नगर्ने भन्दै सर्वसम्मतिले पारित गर्न राजनीतिक दललाई आग्रह गरे । उनले विधेयक सम्पूर्ण नेपालीको सुरक्षाका लागि रहेको दाबी गर्दै सामाजिक सञ्जालका हकमा नेपालमा रहेका प्रत्येक सामाजिक सञ्जाल प्रयोगकर्ताले उक्त सञ्जालहरु विधिसम्मत रूपमा दर्ता गराउनुपर्ने धारणा राखे ।