सूचना प्रविधि

डेटा प्याक सकिएपछि मेन ब्यालेन्स नकाटि आफै डेटा बन्द हुने

काठमाडौं । एनसेलले आफ्ना प्रिपेड ग्राहकका लागि मेरो प्लानअन्तर्गत साप्ताहिक प्लान ल्याएको छ । यस योजनाअन्तर्गत ग्राहकले अब अझ सुलभ दरमा डेटा र भ्वाइस सेवाको फाइदा लिन सक्नेछन् ।

यो आकर्षक योजना मंगलबारदेखि लागु हुनेछ । यस अन्तर्गत एनसेलले दुई साप्ताहिक प्याकहरु २ जिबी प्लान र ६ जिबी प्लान ल्याएको छ। २ जिबी प्लान अन्तर्गत ग्राहकले कर सहित मात्र रु ९५.७७ मा २ जिबी डेटा भोलुमको मजा लिन सक्नेछन् । यसका साथै यो प्लान अन्तर्गत ग्राहकले अननेट अर्थात एनसेल नेटवर्क भित्रकर सहित मात्र रु १.२८ प्रति मिनेटमा भ्वाइस सेवाको फाइदापनिलिन सक्नेछन् ।

त्यसैगरी ६ जिबी प्लान अन्तर्गत ग्राहकले कर सहितमात्र रु १९१.५४ मा ६ जिबीको मजालिन सक्नेछन् । प्याक अन्तर्गतको भिडियो डेटा युट्युब, आइफ्ल्क्सि, एनसेलको भिडियो पोर्टल तथा गुगल सेवाका अन्य सेवा जस्तै गुगलप्ले, म्याप्स आदि चलाउन प्रयोग गर्न सक्नेछन् ।

डेटा प्याक सकिएपछि मेन ब्यालेन्स नकाटि आफै डेटा बन्द हुने मेरो प्लानको विषेशता रहेको यो प्लान अन्तर्गत ग्राहकले आफ्नो डेटा भोलुम सकिएपछि आवश्यकता अनुसारको मेरो प्लानहरु तुरुन्त सुचारु गर्न सक्नेछन् ।

साप्ताहिक प्लान अन्तर्गतका डेटा भोलुमको समयावधि सुचारु भएको दिन देखि ७ दिनको रहने छ । ग्राहकले एस्ट्रिक्स १७१२३ ह्यास डायल गरी प्राप्त निर्देशनअनुसार कुनै पनि एउटा प्लान सुचारु गर्न सक्नेछन् ।

सुलभ दरमा गुणस्तरीय सेवाप्रदान गर्ने आफ्नो प्रतिवद्धता बमोजिम ग्राहकका लागि ग्राहककै आवश्यकता अनुसारको बण्डलिङ्ग सहितको प्लान ल्याउन पाएकोमा कम्पनी हर्षित रहको एनसेलले जनाएको छ ।

यस योजना मारहेका कुनै पनिप्लान सुचारु गरेपछि हरेक हप्ता स्वतःनविकरण हुनेछ । प्लानन विकरण हुनको लागि मोवाइलमा प्लानअनुसारको चाहिने ब्यालेन्स हुनु आवश्यक छ । मेन ब्यालेन्स प्लान नविकरण गर्न अपुगभएको खण्डमा पनि ग्राहकले विद्यमान शुल्क भ्वाइस प्रतिमिनेट कर सहित रु २.५४ मा प्रयोग गर्न सक्नेछन् ।