आर्थिक

प्राईम बैंकद्वारा विद्यार्थीलाई निशुःल्क स्वीटर

काठमाडौं । प्राइम कमर्सियल बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत आज बाल सारथी एकेडेमी, जयवागेश्वरीमा कक्षा १ देखि कक्षा ५ सम्म अध्ययनरत सम्पूूर्ण अनाथ छात्र छात्राहरुलाई जाडोको स्वीटर निशुल्क वितरणम गरेको छ ।

बैंकका अध्यक्ष राजेन्द्र दास श्रेष्ठ तथा प्रमुुख कार्यकारी अधिकृत नारायण दास मानन्धरबाट न्यानो स्वेटर वितरण गर्नुुका साथै भोजन गरेको बैंकका नायब महाप्रबन्धक भाइराजा तुुलाधरले बताएका छन् ।