विचार/ब्लग

नेकपामा, ओली बाहेक मुलुकको नेतृत्व गर्न सक्षम युवा नभएका हुन् र ?

शोभा रावत /  मुलुकमा अहिले बलियो सरकार सञ्चालनमा छ, जसको नेतृत्व नेकपाका अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओलीले गरीरहेका छन् । केही समय दुई तिहाईको ओहोदा पाएको सरकार समाजवादी पार्टी सरकारबाट बाहिरिएपछि त्यो दुई तिहाई गुमाएर बहुमतमा झरेको छ ।

आफ्ना मागमा ओली सरकार सकारात्मक नदेखिएको आरोप लगाउँदै समाजबादीले सरकारबाट बिहिरिने केही समय अघि घोषणा गरेको थियो । समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव सरकारबाट बाहिरिएर दुई तिहाई गुमाए पनि ओली सरकार अझै शक्तिसाली नै रहेको छ ।

प्रधानमन्त्री ओली नेतृत्वको सरकार आफ्नै कारणले आलोचित छ ।  प्रधानमन्त्री ओलीको समयमा  विभिन्न काण्डहरु भएका छन् । जसमा सरकारी ओहोदामा वसेका कर्मचारी, नेता, लगायत विशिष्ट व्यक्तिको संलग्नता रहने गरेको छ । जसका कारण ओली सरकार काण्डै–काण्डको सरकारका नामले पनि चर्चामा आएको छ । सरकारको नेतृत्वको सुरुवातबाटै काण्ड मच्चाउन उद्यत रहेको ओली सरकारले यतीकाण्ड लगत्तै सुचना विधेयकमा बोल्न लेख्न पाउने अधिकार सरकारको नियन्त्रणमा राखेर राष्ट्रिय अन्तराष्ट्रिय विरोधको सामना गरिरहेको छ ।

प्रधानमन्त्री ओलीका झोलेहरुले सरकारका कामको सह्राहना गरेपनि सरकारको पछिल्ला अधिनायक पथका कारणले ओली सरकार झनै आलोचीत बन्दै गएको हो । सरकार आलोचित हुनुका भ्रष्टाचार नियन्त्रण गर्न नसक्नु, बलात्कारीको पक्षपोषण गर्नु, विकासमा शुन्यता दिनु, रेल र पानी जहाजका कुरा गर्नु कामभने जिरो गर्नु, वालुवाटारकाण्ड मच्चाउनु, आफ्ना कार्यकर्ता तथा पत्रकारलाई विज्ञापन बाँढ्नु, वाईडवडी भ्रष्टाचारलाई ढाकछोप गर्नु, सुन तस्करी अनुसन्धान रोक्नु, सरकारी सम्पत्तिमाथि लुटतन्त्र मच्याउनु जस्ता तमाम कारण सरकारको जनस्तरबाटै चर्काे बिरोध भएको भएपनि पछिल्लो समय सुचना विधेयक र उपसभामुख डा शिवमाया तुम्बाहाम्फेलाई राजीनामा गर्न लगाउनु काण्ड थपिएका छन् ।

ओली सरकारले छडातन्त्र अन्त्य गर्ने नाममा मिडियामाथि अंकुश लगाउनेगरी विधेयक ल्याएपछि झनै सरकारको आलोचना चारैतिरबाट हुँदै आएको छ । मुलुकमा लोकतन्त्र आएपनि सरकार जनतालाई आफ्ना गलत कामको बिरोध गर्नबाट रोक्न एक पछि अर्काे कानुन ल्याउनमा आतुर झैँ देखिएको छ । यस्तै वाईडवडी जस्ता ठुला–ठुला भ्रष्टचारी, निर्मला पन्त हत्यारा र बलात्कारीले उन्मुक्ती पाउँदा कानुन सानाका लागि मात्रै भएको जस्तो देखिएको छ । यस्तै अन्य मुलुकको तुलना गर्ने हो भने भने विशिष्ट व्यक्तिले कुनै एउटा सानो गल्तिले आफनो पद गुमाएका हुन्छन् । नैतिकताका आधारमा राजीनामा दिएका छन् ।

केही ठाउँमा भ्रष्टचार गर्नेले मृत्यु दण्डसम्म भोगेका उदाहरण प्रसस्तै छन् तर हाम्रो मुलुकको सन्र्दभमा भन्नुपर्दा कानुन पनि पद र पैसाको बलमा चलेको हो कि भन्ने आसंका सिर्जना भएको छ । यति ग्रुपको पक्षमा खुलेर बोल्ने प्रधानमन्त्री ओली लाई यती ग्रुपको सिईओ भएको आरोप नेपाली कांग्रेसका नेता गगन थापा र प्रदिप पौडेलले सार्वजनिक रुपमै लगाउँदा सम्म प्रधानमन्त्री कार्यालयले कुनै प्रतिकृया दिएन् । उनले यती ग्रुपको पक्षमा दरबारमार्गको मंगो जग्गा, गोकर्ण रिसोर्ट कौडिको भाउमा भाडामा दिने नेपाल ट्रष्टको निर्णयलाई बचाउ गरेको भन्दै सर्वत्र विरोध हुँदा यती ग्रुपको बचाउ गरेका थिए ।

यसबाट प्रधानमन्त्री ओली आफैं भ्रष्टचारी, कमिशन खोरी, बलात्कारी, सुनतस्कर, जस्ता अपराधि लुकाउन लागेका होईनन् भन्ने प्रश्न चिन्ह खडा भएको छ । ११ अर्व खर्चे पुग्ने काममा सरकार २३ अर्ब खर्चन तयार भएको काण्ड पनि थपिएको छ । यतिमात्रै होईन एउटा समान्य रुघा खोकी लाग्दा करोडौं खर्चेर बिदेश जानसक्ने उच्च लेबलका नेताहरु नेपालको एउटा कुनै विकट गाउँका जनता सिटामोल नपाएर छटपटाई रहेको नदेख्दा त झनै दुःख लाग्ने गर्दछ । मुलुकको साशन सञ्चालन गर्ने व्यक्ती त्यो सर्वहारा वर्गको नेतृत्व गर्ने कम्युनिष्ट पार्टीको नेता जो मुलुककै अभिभावक पनि हो तर मुलुकका जनताको स्वास्थ्यमा गम्भिर देखिदैनन् ।

आफु अस्वस्थ छन् स्वास्थ्य लाभको कामना, उपचार गराउन अस्पताल गइरहन्छन्, राजीनामा पनि दिँदैनन् । कमजोर भैसक्दा पनि आईसियुमै बसेर भएपनि राजमोह त्याग्न नसक्ने देखिन्छ । मुलुकका नयाँ युवा पीँढिलाई मुलुक सुम्पन चाहँदैनन् जो देश बनाउन सक्षम छन् । बौद्धिक, शैक्षिक, स्वस्थ्य हरेक क्षेत्रमा सक्षम जो युवा नभएका हुन् र नेकपामा ? यस्तै अन्य देशको तुलनामा नेपालमा राजनीतिक देखी लिएर सरकार सञ्चालन गर्ने व्यक्तिले आफनो स्वास्थ्य अवस्थालाई मुलुक सञ्चालनसंग जोडेर कत्तिपनि चिन्ता लिएको देखिदैनन् ।

जापानका एक मन्त्रीले आन्द्रामा सनो घाउहुँदापनि राजीनामा दिएको घटना सञ्चारमाध्यममा आउने गरेका छन् । तर मुलुक सञ्चालन गर्ने प्रमुख व्यक्तिनै यतिठुलो स्वास्थ्य अवस्थाले कमजोर हुँदापनि राजीनामाको कुराले डराउनु कतिको ठीक हो त ? अस्वस्थ्य देखी जनस्तरबाट काण्डै–काण्डका नामले परिचित ओली सरकार राजीनामाको नाम सम्म सुन्न चाहँदैन । राजा ज्ञानेन्द्रले २ सय ४० वर्ष लामो साह वंशीय राजतन्त्र २०६२÷०६३ को आन्दोलनमा सामान्य तरिकाले छाडिदिए पनि दुई वर्ष प्रधानमन्त्री बनेका ओली जनस्तरबाट विरोध आउँदा सधै प्रधानमन्त्री हुन्छु जस्तोगरी कुर्सि छाड्न नचाहेको देखिन्छ ।

कि उनले राजीनामा माग्ने, काण्डै–काण्डको सरकारको नाम दिनेहरुका मुख थुन्न विकशित, समृद्ध र शान्त नेपाल निर्माणको काम थालनि गर्नुपर्यो कि पद छाड्नु पर्यो भन्ने तटस्थ बौद्धिक नागरिकका आईरहेका बिचारलाई नर्कान सकिन्न । उनको यहि कमजोरीका कारण प्रतिपक्षी दल नेपाली कांग्रेस मात्रै होईन सत्तापक्षबाटै आलोचना भैरहेको छ । सर्वसाधारण जनताहरुपनि देशमा एक स्वस्थ, सक्षम शासक चाहन्छन् । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले झनै सार्वजनीक कार्यक्रममै ओलीको स्वास्थ्यलाई लिएर राजिनामा दिन आग्रह नै गरिसकेको छ । केही समय अघि कांग्रेसका नेताहरुले प्रधानमन्त्रीलाई राजीनामा दिएर आराम गर्न सुझाव दिएका थिए ।

शरिरको महत्वपुर्ण अंग प्रत्यारोपण गरेका प्रधानमन्त्री ओलीलाई यसैपनि चिकित्सकले धेरै दौड धुपमा व्यस्त नहुन आग्रह गरेका छन् । भनिन्छ स्वस्थ आमाका सन्तान पनि स्वस्थ हुन्छन् रे । यस्तै मुलुकको शासन सञ्चालन गर्ने व्यक्तिको स्वास्थ्य कमजोर हुँदा त्यो मुलुकको हरेक गतिविधि पनि कमजोर हुनु स्वभाविकै हो । त्यसैले पनि मुलुकमा एक स्वस्थ शासकको आवश्यकता सबैले महशुस गरेका छन् ।  रोग लाग्नुमा रागीको गल्ति होईन तर आफनो स्वास्थ्यको ख्याल गर्दै ओलीले मुलुक सञ्चालनको जिम्मा जाँगरिला, मुलुकको विकासको, भिजन भएका स्वास्थ्य राजनीतिज्ञको हातमा सुम्पने हो कि भन्नेहरु पनि छन् ।

केही समय अघिमात्रै प्रधानमन्त्री ओली स्वास्थ्य उपचारका लागि मुलुक बाहीर रहंदा भिडियो कन्फ्रेन्स समेत गरेका थिए । जस्को चर्काे बिरोध भएको थियो । बैठकलाई सम्बोधन गर्न अर्का अध्यक्ष हुँदापनि ओलीले गरेको यस्तो कदमको तीब्र आलोचना भएको थियो । यहाँ प्रधानमन्त्री आलीको विरोध गर्न खोजेको भन्दा पनि उनको जिवनभर लोकतन्त्र र जनताका लागि लडाई लडेका ओलीले राजाबन्ने पथमा धरातल बिगार्दै हिँडेका गतिविधिहरु खोतलेर उनलाई नै सच्चिन उनका कमजोरीहरु देखाईदिने प्रयासमात्रै गरेको हो ।